पुस १६ देखि इन्स्योरेन्सको हकप्रद, आस्वाबाट पनि आवेदन दिन सकिने !



हाम्रो इकोनोमि

प्रूडेन्सियल इन्स्योरेन्स कम्पनीले अगाामी पुस १६ गतेदेखि हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले १ कित्ता सेयर बराबर ०.३० कित्ताको दरले हकप्रद सेयर निश्कासन गर्न लागेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १२ लाख ८३ हजार ४० कित्ता सेयर बिक्री गर्नेछ । इच्छुक सेयरधनीले माघ २१ गतेभित्र तोकिएको स्थानबाट हकप्रद खरीदका लागि आवेदन दिनसक्नेछन् ।

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइसी एशिया क्यापिटल लिमीटेड रहेको छ । इच्छुक सेयरधनीले एनआइसी एशिया क्यापिटलको बबरमहलस्थित मुख्य कार्यालय, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्वा सेवामा सहभागी सबै बंैक तथा बित्तीय संस्था र तिनका शाखाहरु, प्रूडेन्सियल इन्स्योरेन्सका सबै शाखा कार्यालयबाट हकप्रद खरीदका लागि आवेदन दिन सक्नेछन् ।

हाल यो कम्पनीको चुक्तापूँजी ४२ करोड ७६ लाख ८० हजार रुपैयाँ छ । हकप्रदपछि ५५ करोड ५९ लाख ८४ हजारको उचाईमा पुुग्नेछ । यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता ८ सय ९० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...