पुस १६ देखि इन्स्योरेन्सको हकप्रद, आस्वाबाट पनि आवेदन दिन सकिने !



हाम्रो इकोनोमि

प्रूडेन्सियल इन्स्योरेन्स कम्पनीले अगाामी पुस १६ गतेदेखि हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले १ कित्ता सेयर बराबर ०.३० कित्ताको दरले हकप्रद सेयर निश्कासन गर्न लागेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १२ लाख ८३ हजार ४० कित्ता सेयर बिक्री गर्नेछ । इच्छुक सेयरधनीले माघ २१ गतेभित्र तोकिएको स्थानबाट हकप्रद खरीदका लागि आवेदन दिनसक्नेछन् ।

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइसी एशिया क्यापिटल लिमीटेड रहेको छ । इच्छुक सेयरधनीले एनआइसी एशिया क्यापिटलको बबरमहलस्थित मुख्य कार्यालय, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्वा सेवामा सहभागी सबै बंैक तथा बित्तीय संस्था र तिनका शाखाहरु, प्रूडेन्सियल इन्स्योरेन्सका सबै शाखा कार्यालयबाट हकप्रद खरीदका लागि आवेदन दिन सक्नेछन् ।

हाल यो कम्पनीको चुक्तापूँजी ४२ करोड ७६ लाख ८० हजार रुपैयाँ छ । हकप्रदपछि ५५ करोड ५९ लाख ८४ हजारको उचाईमा पुुग्नेछ । यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता ८ सय ९० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...