८० प्रतिशत हकप्रद पछि सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन



हाम्रो इकोनोमि

सांग्रीला डेभलपमेन्ट बैंकको सेयरमूल्य बुधबार समायोजन भएको छ । बैंकले जारी गर्न लागेको ८० प्रतिशत हकप्रदलाई समायोजन गरि नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले हकप्रदपछि सांग्रीलाको समायोजित सेयरमूल्य प्रतिकित्ता २३० रुपैयाँ कायम गरेको हो । यसअनुसार बुधबार बैंकको पहिलो कारोाबार २३० रुपैयाँलाई आधार मानेर खुला भएको छ । बैंकको १८० दिनको सेयर कारोबारको आधारमा औसत आधारमूल्य प्रतिकित्ता २९८ रुपैयाँ रहेको छ ।

सांग्रिलाले चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद जारी गर्न बुधबार बुकक्लोज गरेको हो । बैंकले नेपाल धितोपत्र बोर्डबाट कात्तिक २३ गते एक करोड आठ लाख ६७ हजार ७९८ कित्ता हकप्रद बिक्री गर्न अनुमति पाइसकेको छ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । हकप्रदमा मंसिर २६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...