एनसीसी बैंकको २ करोड ३३ लाख ९५ हजार कित्ता सेयर आउँदै



हाम्रो इकोनोमि

नेपाल क्रेडिड एण्ड कर्मस (एनसीसी) बैंक लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

एनसीसीले नेपाल राष्ट्र बैंकले तोकेबमोजिम आठ अर्ब चुक्तापुँजी पुर्याउनका लागि उक्त अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले मंसिर २० गते नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । धितोपत्र बोर्डले अनुमति दिएपछि बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा दुई अर्ब ३३ करोड ९५ लाख २९ हजार एक सय रुपैयाँ बराबरको दुई करोड ३३ लाख ९५ हजार दुई सय ९१ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

हाल एनसीसी बैंकको चुक्तापुँजी चार अर्ब अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब एक करोड ८५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन गरिसकेपछि गत आर्थिक वर्षको कमाईबाट बोनस सेयर जारी गरी आठ अर्ब चुक्तापुँजी पुर्याउने बैंकको योजना छ ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...