एनसीसी बैंकको २ करोड ३३ लाख ९५ हजार कित्ता सेयर आउँदै



हाम्रो इकोनोमि

नेपाल क्रेडिड एण्ड कर्मस (एनसीसी) बैंक लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

एनसीसीले नेपाल राष्ट्र बैंकले तोकेबमोजिम आठ अर्ब चुक्तापुँजी पुर्याउनका लागि उक्त अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले मंसिर २० गते नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । धितोपत्र बोर्डले अनुमति दिएपछि बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा दुई अर्ब ३३ करोड ९५ लाख २९ हजार एक सय रुपैयाँ बराबरको दुई करोड ३३ लाख ९५ हजार दुई सय ९१ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

हाल एनसीसी बैंकको चुक्तापुँजी चार अर्ब अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब एक करोड ८५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन गरिसकेपछि गत आर्थिक वर्षको कमाईबाट बोनस सेयर जारी गरी आठ अर्ब चुक्तापुँजी पुर्याउने बैंकको योजना छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...