काठमाडौँ २ र ४ मा एमाले, १ मा काँग्रेसको अग्रता



हाम्रो इकोनोमि

काठमाडौँ क्षेत्र नं २ र ४ को प्रारम्भिक मतपरिणामअनुसार वाम गठबन्धनले अग्रता लिएको छ ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसले अग्रता लिएको छ । काठमाडौँ १ मा खसेको कुल मत २०४५ मध्ये नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ९४० मत प्राप्त गर्नुभएको काठमाडौँ क्षेत्र नं १ का सहायक निर्वाचन अधिकृत कृष्ण नेपालले जानकारी दिनुभयो ।

विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ६७५ मत लिएर सिंहलाई पछ्याइरहनुभएको छ । नेकपा (माओवादी केन्द्र) उम्मेदवार अनिल शर्माले २६८ प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं २ मा अहिलेसम्म गणना भएको कुल मत दुई हजारमध्ये नेकपा ९एमाले० का उम्मेदवार माधवकुमार नेपालले एक हजार २३, नेपाली काँग्रेसका उम्मेदवार दीपक कुइँकेलले ४६९ र विवेकशील साझा पार्टीका उम्मेदवार डा सूर्यराज आचार्यले ४२४ मत प्राप्त गर्नुभएको छ ।

काठमाडौँ क्षेत्र नं ४ मा गणना भएको कुल मत २,४३० मध्ये नेकपा (एमाले) का उम्मेदवार डा राजन भट्टराईले १,२३९, नेपाली काँग्रेसका उम्मेदवार गगन थापाले १,०४१ र विवेकशील साझा पार्टीका उम्मेदवार सुबना बस्नेतले ४३ मत प्राप्त गर्नुभएको काठमाडौँ क्षेत्र नं ४ का सहायक निर्वाचन अधिकत डम्बरप्रसाद काफ्लले जानकारी दिनुभयो ।

काठमाडौँ क्षेत्र नं. १, २, ३ र ४ को मतगणना राष्ट्रिय सभागृहमा भइरहेको छ । क्षेत्र नं ३ को भने प्रारम्भिक मत परिणाम सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...