बम र हतियारले फाइदा गर्दैन: नेता पुन



नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले अब ध्वंस र हतियारले देशलाई फाइदा नगर्ने बताउनुभएको छ ।

प्रेस सेन्टर र प्रेस चौतारी दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वअर्थमन्त्री पुनले हिजो सँगै हतियार उठाएका मित्र९नेत्रविक्रम चन्द समूह०ले अहिले गलत समयमा फेरि हतियार उठाएको भन्दै गुनासो गर्नुभयो । “हिजो आवश्यकता थियो र हामीले सँगै हतियार उठायौंँ तर अहिले यही संविधानबाट समाजवाद साम्यवादसम्म पुग्न सकिने ठाउँ छ”, उहाँले भन्नुभयो ।

नेकपाको हतियार अराजकता र अपराधीकरणका लागि प्रयोग हुन थालेको भनी उहाँले चिन्ता व्यक्त गर्नुभयो । “नेकपाका गतिविधि आपराधिक र अराजनीतिक भइरहेका छन्,” पुनले भन्नुभयो, “हिजो जनयुद्धमा आमसभामा कतै बम विस्फोट भएको थिएन तर अहिले सभाबाट बम हान्न शुरु भएको छ । यो राजनीतिक काम भएन ।”

सरकारले बम पड्काएर मान्छे मार्दा पनि केही गर्न नसकेको भनी पुनले आक्रोश व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
दुर्गा पर्साइले ल्याए ट्याक्सी चालकलाइ सडक प्रर्दशनमा

  नेपालको  ठुला व्यवसायी दुर्गा प्रसाईले ट्याक्सी चालकहरुलाई र्‍यालीमा उतारेका छन् । शुक्रबार

पक्राउ परे पूर्व सांसद ढाका कुमार श्रेष्ठ

  राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद डाक्टर ढाकाकुमार श्रेष्ठ लागुऔषध बेचविखन आरोपमा पक्राउ

तीन शीर्ष नेताको बालुवाटारमा भेटघाट

    प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा नेकपा

महेश बस्नेतविरुद्धको मुद्दा उच्च अदालतले खारेज गर्‍यो

    उच्च अदालत पाटनले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतविरूद्धको मुद्दा