सम्पन्न राष्ट्रका रुपमा स्थापित गर्न वाम गठबन्धन– नेता नेपाल



हाम्रो इकोनोमि

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देशमा स्थायित्व कायम गरी जनतालाई समृद्ध बनाउने उद्देश्यले वाम शक्तिबीच एकता गरिएको बताउनुभएको छ ।

संयुक्त वाम गठबन्धनले कागेश्वरी मनहरा–६ मा आज आयोजना गरेको चुनावी कार्यक्रममा उहाँले अहिले मुलुकमा भएका विकास कार्यलाई तीव्ररुपमा अगाडि बढाएर नेपाललाई विश्व परिवेशमा सम्पन्न राष्ट्रका रुपमा स्थापित गर्न वाम शक्तिलाई बहुमत प्रदान गर्न जनतालाई आग्रह गर्नुभयो ।

देशमा लामो राजनीतिक इतिहास बोकेको नेपाली काँग्रेसले वाम गठबन्धन भएपछि अत्तालिएर अब अधिनायकवादको उदय हुने भ्रम फैलाएकामा दुःख व्यक्त गर्दै उहाँले संसद्मा बलियो प्रतिपक्ष दलसहित वाम गठबन्धनले सरकार बनाउन चाहेकाले एकतन्त्रीय शासन सम्भव नरहेको प्रष्ट पार्नुभयो ।

काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता नेपालले साँखुका ऐतिहासिक स्थल, शालीनदी, बज्रयोगिनी, मणिचुर पर्वतलगातका स्थानमा पर्यटकीय पूर्वाधार विकास गरी पर्यटकलाई आकर्षित गर्न सकिने बताउनुभयो ।

सोही निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश ९२० का उम्मेदवार मणिराज फुँयालले स्थानीय तहमा वाम शक्ति अग्रता कायम रहेकाले अब प्रतिनिधिसभा र प्रदेशसभामा पनि उक्त गठबन्धनलाई बहुमत दिएमा स्थानीय पूर्वाधार विकास निर्माणमा ती निकायबीच समन्वय र सहकार्य हुने बताउनुभयो ।

नेकपा ९माओवादी केन्द्र० का पोलिटब्युरो सदस्य प्रकाश गौतमले मुलुकमा औद्योगिक क्षेत्रको विकास गरी रोजगार सिर्जना गर्ने र देशलाई समृद्ध बनाउने प्रष्ट दृष्टिकोण सो गठबन्धनसँग रहेको जानकारी गराउनुभयो ।

नेकपा (एमाले) बाट प्रदेश ९१० मा सानुकुमार डंगोल तथा समानुपातिकतर्फ सरिता न्यौपाने, रामप्रसाद खनाल उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...

एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

जसमाथि पूरा भरोसा छ, उसैलाई काम दिए भइ गो नि : गोकुल

  नेकपा एमालेका नेता गोकुल बास्कोटाले सचिवालयमा अध्यक्ष ओलीद्वारा प्रस्तावित नेताहरूको कार्यविभाजनको विषयमा...