अलैँचीको भाउ घटेपछी किसान मर्कामा



सोलुखुम्बुको अलैँची पकेट क्षेत्र गुँदेलमा अलैँचीको मूल्य गत वर्षको तुलना यस वर्ष घट्दा कृषक मारमा परेका छन् । गत वर्षको तुलनामा उत्पादन बढे पनि आम्दानी घटेको कृषकले बताएका छन् ।

स्थानीय बजारमा गत वर्ष प्रतिमन (४० किलो) ६० हजारले कारोबार भइरहेको अलैँची यस वर्ष ५८ प्रतिशतले गिरावट भई प्रतिमन २५ हजारमा मात्र कारोबार भइरहेको गुँदेलका स्थानीय व्यापारी सिङकेराम राईले बताए । राईका अनुसार गत वर्ष गुँदेल गाविसमा छ करोड बराबरको अलैँची उत्पादन भएको थियो तर यस वर्ष करिब साढे तीन करोड बराबरको मात्र उत्पादन भएको छ ।

गत वर्ष महाकुलुङ–५, गुँदेलका धनगञ्ज राईले छ मन उत्पादन गरेर बेच्दा तीन लाख ६० हजार आम्दानी भएको थियो । यस वर्ष गत वर्षको तुलनामा उत्पादन बढ्यो तर आम्दानी भने घटेको छ । यस वर्ष राईले साढे सात मन बेच्दा एक लाख ८२ हजार पाँच सयमात्र आम्दानी भएको राईले बताए । राई भन्हुछन् । खै यसपाली त धेरै फल्यो तर गत वर्षको तुलना थोरै मात्र आम्दानी भयो ।

प्रकाशित मिति : १२ मंसिर २०७४, मंगलबार  ०७ : ३७  बजे

प्रतिक्रिया दिनुहोस
१० केजी मल दिएर उत्पादन वृद्धि कसरी हुन्छ : बास्काेटा

     सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले किसानलाई मलको व्यवस्था गर्न

धान दिवसको उपलक्ष्यमा शीतल निवासमा रोपाइँ

    असार १५ अर्थात् धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ

नेपालमा मलको हाहाकार भइरहन्छ : कृषिमन्त्री

    कृषि रामनाथ अधिकारीले रासायनिक मलको हाहाकार सधैँ हुने बताएका छन् ।

दुई घण्टा बोकेर हाते ट्रयाक्टर चितवनको कान्दा पुर्‍याइयो

     चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन । चेपाङ समुदायको