किसानलाई डिप बोरिङ वितरण



भद्रपुर नगरपालिकाले मेची पारिका किसानलाई डिप बोरिङ वितरण गरेको छ ।

भारतीय सीमावर्ती नाकासँग जोडिएको भद्रपुर–३ स्थित मेची नदी पारिको बस्तीमा करिब १५० घरपरिवार बसोवास गर्दै आएका छन् । सरकारको सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत भद्रपुर नगरपालिकाले किसानलाई डिप बोरिङ उपलब्ध गराएको हो ।

नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, कार्यकारी अधिकृत काजीमान राईसहितको टोलीले गाउँमै पुगेर सातवटा डिप बोरिङ वितरण गर्नुभएको हो । नगरपालिकाले डिप बोरिङ उपलब्ध गराएपछि किसान हर्षित भएका छन् । बस्तीका अधिकांश बासिन्दाको जीवन निर्वाहको आधार खेती नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस
रासायनिक मलको अभाव हुँदैन : कृषिमन्त्री साह

    कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालू आर्थिक वर्ष र आगामी

भुक्तानी नगरेको भन्दै दुग्ध किसानहरु धर्नामा

    दुग्ध विकास संस्थान (डीडीसी)ले रकम भुक्तानी नगरेको भन्दै आन्दोलनरत दुग्ध किसानहरु

दूधको बक्यौता भुक्तानी माग्दै विरोधमा उत्रिए किसान

    दूधको बक्यौता भुक्तानी माग गर्दै दुग्ध किसानहरूले विरोध प्रदर्शन गरकेा छन्

अरुण तेस्रो जलविद्युतको सुरुङ मार्ग छिचोलियो

    संखुवासभामा बनिरहेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य