अनुदानको प्रलोभनमा कृषक ठगिए



हाम्रो इकोनोमि

‘कृषि अनुदान उपलब्ध गराइदिन्छु’ भन्दै एक जनाले कृषकबाट रु २० लाखभन्दा बढी ठगी गरेकोे छ ।

इलाम घर बताउने विनोद राईले डेनमार्क सरकारबाट प्राप्त कृषि अनुदानको प्रलोभन देखाएर रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाका २८ जना कृषकबाट उक्त रकम ठगी गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जनाकारी दिनुभयो ।

“कृषकलाई बंगुरपालन, कुखुरापालन, गाईपालन, अलैँची खेती लगायतका शीर्षकमा अनुदान मिलाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेको छ”– प्रनि विष्टले भन्नुभयो, “मोटो रकमको प्रलोभन देखाएर ठगी गरेको पाइएको छ ।”

पीडक विनोद राईले आफ्नो नाम, ठेगाना गलत बताएको पनि उहाँले बताउनुभयो । “हामीले पीडक राईको परिचयपत्र फेला पारेका छौँ”– प्रहरी निरीक्षक विष्टले भन्नुभयो, “अनुसन्धान भइरहेको छ, छिट्टै दोषी समातिन्छ ।”

घटना विवरणअनुसार गत शुक्रबार विर्तामोडमा कृषकलाई बोलाएर प्रतिव्यक्ति रु २० हजारदेखि रु एक लाख लिएर फरार भएको पीडित पुरन राईले बताउनुभयो ।

विनोदले आफूहरुलाई विश्वासमा लिएर ठगी गरेको बताउँदै उहाँले भन्नुभयो, “डेनमार्क सरकारले अनुदान दिन्छ भनेर राम्रो कृषकको खोजी गर्दै विनोदले एक महिनासम्म लगातार आएर अलैँचीे बिरुवाको उचाइ, गोलाइ नाप्ने गरेको थियो । हामी विश्वासमा प¥र्यौं, मान्छे ठग रहेछ थाहै पाएनौं ।”

कृषि उत्पादनको बृहत् योजना बाँड्दै बसेका राईले अनुदानका लागि आफैँले अशायपत्र ९प्रपोजल० समेत बनाइदिएका थिए । त्यसवापत हरेक किसानबाट रु ५०० शुल्क लिएको पीडित पुरनले बताउनुभयो । अशायपत्र स्वीकृत पाएका किसानले तीन प्याकेजमा रु तीन लाख, रु छ लाख र रु १२ लाख अनुदान पाउने आश्वासन पाएको पीडितको भनाइ छ ।

अनुदानबापत किसानले अग्रीम २० प्रतिशत रकम बुझाउनुपर्ने शर्त थियो । सोही शर्तअनुसार कृषकले रकम बुझाएका हुन् । किसानले बुझाएको रकम लिएर राई फरार भएपछि पीडितले इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेलडाँडी गाउँपालिकाका तीनजना महिलाको सकुशल...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति पौडेल

    राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण...

बजारमा पर्याप्त मात्रामा आउन थाल्यो नेपाली आँप

    काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा...