अनुदानको प्रलोभनमा कृषक ठगिए



हाम्रो इकोनोमि

‘कृषि अनुदान उपलब्ध गराइदिन्छु’ भन्दै एक जनाले कृषकबाट रु २० लाखभन्दा बढी ठगी गरेकोे छ ।

इलाम घर बताउने विनोद राईले डेनमार्क सरकारबाट प्राप्त कृषि अनुदानको प्रलोभन देखाएर रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाका २८ जना कृषकबाट उक्त रकम ठगी गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जनाकारी दिनुभयो ।

“कृषकलाई बंगुरपालन, कुखुरापालन, गाईपालन, अलैँची खेती लगायतका शीर्षकमा अनुदान मिलाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेको छ”– प्रनि विष्टले भन्नुभयो, “मोटो रकमको प्रलोभन देखाएर ठगी गरेको पाइएको छ ।”

पीडक विनोद राईले आफ्नो नाम, ठेगाना गलत बताएको पनि उहाँले बताउनुभयो । “हामीले पीडक राईको परिचयपत्र फेला पारेका छौँ”– प्रहरी निरीक्षक विष्टले भन्नुभयो, “अनुसन्धान भइरहेको छ, छिट्टै दोषी समातिन्छ ।”

घटना विवरणअनुसार गत शुक्रबार विर्तामोडमा कृषकलाई बोलाएर प्रतिव्यक्ति रु २० हजारदेखि रु एक लाख लिएर फरार भएको पीडित पुरन राईले बताउनुभयो ।

विनोदले आफूहरुलाई विश्वासमा लिएर ठगी गरेको बताउँदै उहाँले भन्नुभयो, “डेनमार्क सरकारले अनुदान दिन्छ भनेर राम्रो कृषकको खोजी गर्दै विनोदले एक महिनासम्म लगातार आएर अलैँचीे बिरुवाको उचाइ, गोलाइ नाप्ने गरेको थियो । हामी विश्वासमा प¥र्यौं, मान्छे ठग रहेछ थाहै पाएनौं ।”

कृषि उत्पादनको बृहत् योजना बाँड्दै बसेका राईले अनुदानका लागि आफैँले अशायपत्र ९प्रपोजल० समेत बनाइदिएका थिए । त्यसवापत हरेक किसानबाट रु ५०० शुल्क लिएको पीडित पुरनले बताउनुभयो । अशायपत्र स्वीकृत पाएका किसानले तीन प्याकेजमा रु तीन लाख, रु छ लाख र रु १२ लाख अनुदान पाउने आश्वासन पाएको पीडितको भनाइ छ ।

अनुदानबापत किसानले अग्रीम २० प्रतिशत रकम बुझाउनुपर्ने शर्त थियो । सोही शर्तअनुसार कृषकले रकम बुझाएका हुन् । किसानले बुझाएको रकम लिएर राई फरार भएपछि पीडितले इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
उखु किसानको अनुदान वापतको ७५ करोड रकम निकासा

    सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ ।...

तराई–मधेशका उखु किसानको काठमाडौं केन्द्रित प्रदर्शन

    सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई–मधेशका उखु किसानहरुले...

कोलकात्तामा मल रोकिँदा नेपालमा अभाव : कृषिमन्त्री

    कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले डीएपी र पोटास मलको आपूर्तिको...

हालसम्म देशभर ९१ प्रतिशत धान रोपाइँ

     देशभरि हालसम्म ९१ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा...