११.६४ प्रतिशतले बढ्यो घरजग्गाको कारोबार



हाम्रो इकोनोमि

 

देशभर ४३ हजार आठ सय ३५ संख्यामा घरजग्गा कारोबार भएको छ।  गत आर्थिक वर्ष सोही महिनाको तुलनामा ११.६४ प्रतिशतले बढी हो। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार गत वर्ष साउनमा देशभर ३९ हजार दुई सय ६३ संख्यामा कारोबार भएको थियो। कारोबार संख्या बढेसँगै राजस्व पनि बढेको छ। सरकारलाई साउनमा घरजग्गा कारोबारबाट तीन अर्ब ८३ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ।

गत वर्ष साउनको तुलनामा यो वर्ष साउनमा ३१.७७ प्रतिशतले राजस्व वृद्धि भएको हो। गत साउनमा दुई अर्ब ९१ करोड रूपैयाँ राजस्व प्राप्त भएको थियो। सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ। त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।

सरकार परिवर्तन र मौद्रिक नीतिका कारण घरजग्गा कारोबारमा सामान्य सुधार देखिएको नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडिएफ) का अध्यक्ष भेषराज लोहनीले बताए। ‘एकै महिनालाई आधार मानेर बढ्यो भन्न मिल्दैन। आगामी दिनमा के हुन्छ त्यो हेर्नुपर्छ,’ उनले भने, ‘सामान्य सुधार चाहिँ देखिएको हो।’

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...