कांग्रेसका मन्त्रीहरू देउवा निवास बूढानीलकण्ठमा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका छन् । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग सामूहिक छलफल गर्न देउवाले भोलि उनीहरूलाई बोलाएको सचिवालयले जनाएको छ । कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा नेतृत्व गरिरहेका छन् । एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा १० मन्त्री र दुई राज्यमन्त्री सहभागी छन् । सरकार गठन भएको ६ महिनासम्म पनि ओली सरकारले जनअपेक्षित काम गर्न नसकेको भन्दै आलोचना भइरहेको बेलामा देउवाले आफ्ना मन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् । सरकारको कामको कांग्रेसका इतर पक्षका नेताहरू मात्रै नभएर संस्थापन पक्षका नेताहरूले विरोध गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...