वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खायो



 

 

भरतपुरको अकलादेवी सामुदायिक वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खाइदिएको छ । भरतपुर महानगरपालिका २९ को स्याउली भन्ने ठाउँमा बिमला तामाङको एभरेष्ट एग्रो फार्मको ८ वटा बाख्रा खाइदिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार हिजो बिहान १० बजे ४० वटा बाख्रा चराउन लगिएकोमा ३२ वटा मात्रै बाख्रा फर्किएको थियो । हिजो रातीसम्म पनि चर्न गएको ठाउँबाट बाख्रा नफर्किएपछि आज बिहानैदेखि खोजी गर्ने क्रममा जंगलको फरक फरक ठाउँमा आधा आधा बाख्रा खाइ छोडेको अवस्थामा भेटिएको उनले बताए । ८ वटै बाख्रा फरक फरक ठाउँमा आधा खाएर भेटिएकोले बाघले बाख्रा खाएको हो भन्ने यकिन गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १० : ११  बजे

प्रतिक्रिया दिनुहोस
१० केजी मल दिएर उत्पादन वृद्धि कसरी हुन्छ : बास्काेटा

     सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले किसानलाई मलको व्यवस्था गर्न

कांग्रेस-एमाले मिलेपछि देशमा सुधार आउँदैछ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले

जसपा नेता यादवले भने: मधेश नेपालबाट अलग भएरै छोड्छ

    प्रहरीको खोजीमा रहेका जसपा नेता अशोक यादवले आफ्नो कर्तुतलाई राजनीतिक र

डाक्टरको आन्दोलनले बिरामी अलपत्र

    नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दा बिरामीहरु