फ्रेस हाउस सञ्चालन गरेर मासिक डेढ लाख आम्दानी



हाम्रो इकोनोमि

पाँचथरको सदरमुकाम फिदिम बजारमै फ्रेस हाउस सञ्चालन गरेर एक व्यक्तिले मासिक रू एक लाख ५० हजार आम्दानी गर्न सफल भएका छन् ।

फाल्गुनन्द गाउँपालिका–६ का देवराज कुरुम्बाङले दुई वर्षअघि पूर्वाञ्चल फ्रेस हाउस सञ्चालन गरी उक्त रकम कमाउन सफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा जाँदा पनि भनेजस्तो काम नपाउँदा दुःखमात्रै पाइने भएको हुँदा स्वदेशमै व्यवसाय गरेको हुँ ।”

बजारमा व्यवस्थित मासु पसल सञ्चालन हुन नसकेको र माग बमोजिमको मासु फ्रेस हाउसले सेवाग्राहीलाई मासु उपलब्ध गराउन नसकेको हुँदा र अन्य व्यवसायभन्दा यस व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने भएकाले फ्रेस हाउस सञ्चालन गरेको र यसलाई ताप्लेजुङको फुङ्लिङ बजारमा पनि बिस्तार गर्ने लक्ष्य रहेको कुरुम्बाङ बताउनुहन्छ ।

उहाँले गरेको व्यवस्थित फ्रेस हाउस देखेर पशुपक्षी मन्त्रालयले रु १० लाख अनुदानसमेत दिइसकेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेलडाँडी गाउँपालिकाका तीनजना महिलाको सकुशल...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति पौडेल

    राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण...

बजारमा पर्याप्त मात्रामा आउन थाल्यो नेपाली आँप

    काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा...