लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन



हाम्रो इकोनोमि

 

 

लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब दिन काठमाडौंको माइतीघरमण्डलमा सामूहिक आमरण अनशन शुरु गरेको घोषणा गरेको छ । यसअघि लघुवित्त पीडितको एक समूहले सरकारसँग वार्ता गरेर आन्दोलन स्थगित गरेको थियो । तर आजदेखि अर्को एक समूहले ‘लघुवित्त पीडितले न्याय नपाएको’ भन्दै आमरण अनशन शुरु गरेको हो ।

संघर्ष समितिका अनुसार लामो समयदेखि ग्रामीण तथा शहरी क्षेत्रका विपन्न, किसान र मजदुरहरू चर्को ब्याज, चक्रवृद्धि (कम्पाउन्ड) ब्याज, धितो लिलामी तथा गैरकानूनी असुलीको मारमा पर्दै आएका छन् । सरकारसँग भएका सहमति समेत कार्यान्वयन नभएकाले बाध्य भएर आमरण अनशनमा बस्नुपरेको समितिको भनाइ छ । संघर्ष समितिले आफ्ना मागहरू राज्यले औपचारिक रूपमा सम्बोधन नगरेसम्म आमरण अनशन सहित आन्दोलनका कार्यक्रम जारी रहने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...