पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध



हाम्रो इकोनोमि

 

 

 मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फी नै सवारी बन्द छ । पहिरो पन्छाउनका लागि सम्बन्धित स्थानमा मेसिन परिचालन गरिएको छ ।

पहिरो पन्छाउने क्रम जारी रहेकाले मुग्लिनबाट नारायणगढतर्फ जाने र नारायणगढबाट मुग्लिनतर्फ आउने गाडीहरु रोकिएका छन् । सडक डिभिजिन कार्यालयले पहिरोका कारण रोकिएका सम्पूर्ण यात्रुहरूलाई धैर्य गरी बसिदिन आग्रह गरेको छ । आज बिहान करिब पौने ९ बजेतिर पहिरो खसेको हो । पहिरो हटाएर सवारी आवागमन सुरु हुन करिब डेढ घण्टा लाग्ने कार्यालयले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...