“बिपी कोइरालाका विचार दर्पण” लोकार्पण



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले बिपी कोइरालाको नीति विपरीत फरक विचार र दर्शन भएका पार्टीसँग सहकार्य गरेकाले आफ्नो पार्टी संकटमा परेको बताउनुभएको छ ।

बिपी विचार राष्ट्रिय समाज चितवन शाखाले प्रकाशन गरेको “बिपी कोइरालाका विचार दर्पण” नामक पुस्तक आज यहाँ लोकार्पण गर्दै उहाँले सिद्धान्त र विचार नमिल्नेसँग सहकार्य गर्न नहुनेमा जोड दिनुभयो ।

उक्त समाजका केन्द्रीय अध्यक्षसमेत रहनुभएका गुरुङले पार्टीमा देखिएका समस्या सहजरूपले निराकरण गर्नसक्ने नेतृत्व नै सफल हुने बताउनुभयो ।

पूर्वमन्त्री गोविन्दराज जोशीले सैद्धान्तिक कमजोरीका कारण पार्टी कमजोर बन्दै गएको बताउनुभयो । अर्का पूर्वमन्त्री विनयध्वज चन्दले पार्टीभित्र वैचारिक बहस चलाउनुपर्नेमा जोड दिनुभयो ।

पुस्तकमा विभिन्न लेखक र राजनीतिज्ञका बिपी कोइराका विचारसँग सम्बन्धित लेख रचना समावेश छन् ।

 

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...