राष्ट्रपति र प्रधानमन्त्रीलाई तह लगाऊछु भन्ने मन्त्री किन हानिए लावालस्कर सहित अस्ट्रेलिया



काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य २३ गते शुक्रवार दक्षिण कोरिया उडेलगत्तै आज आइतबार निर्वाचन आयोगको आचारसंहिता उल्लंघन गर्दै उर्जामन्त्री महेन्द्रबहादुर शाही जम्बो टोली लिएर अस्ट्रेलिया पुगेका छन् । एमालेका अनुसशान कमिटीका नेता,सांसद र सरकारी कर्मचारी लिएर उनी आइतबार अस्ट्रेलिया आइपुगेका हुन् । उर्जामन्त्री शाहीको टोली आइतबार बिहान दक्षिण अस्ट्रेलियाको एडीलेड आइपुगेका हुन् ।

सरकारले आचारसंहिता उल्लंघन गरेको खण्डन मण्डन गर्दै आएको प्रतिपक्षी दल नेकपा एमालेले भ्रमणमा एमालेमा अनुशासन हेर्ने अमृत बोहोरालाई पनि सहभागी गराएको छ । मन्त्री शाहीको भ्रमण दलमा सांसद सीता नेपाली, एमाले नेता एवं अनुशासन हेर्ने अमृत बोहोरा,व्यवस्थापिका संसद्को कृषि तथा जलस्रोत समितिका सभापति मोहनप्रसाद बराल, तारामान गुरुङ, गीता सिंह र दुई जना सरकारी कर्मचारी रहेका छन् ।

मन्त्री शाहीको जम्बो टिमलाई विमानस्थलमा दक्षिण अस्ट्रेलियाका लागि नेपालका बाणिज्यदूत दीपक धमला, स्थानीय सामाजिक कार्यकर्ता कपिल पाण्डे तथा अस्ट्रेलियन सेन्टर अफ एक्स्लेंस इन वाटर रिसोर्सेज म्यानेजमेन्टका एक्जेक्युटिब सेक्टर स्पेसिलिस्ट एन्ड जोन्सनले स्वागत गरेका थिए ।

मन्त्री शाहीले अस्ट्रेलियाको साताब्यापी भ्रमणमा रहँदा दक्षिण अस्ट्रेलिया, भिक्टोरिया , क्यापिटल टेरिटोरी र तास्मनियाका विभिन्न जलविद्युत आयोजना र सिचाइँ आयोजनाहरूको निरीक्षण गर्नुका साथै अस्ट्रेलियन अधिकारिहरुसँग बसेर समेत कुराकानी गर्ने बताइएको छ । मन्त्री शाहीले भ्रमणका क्रममा विभिन्न राज्यहरुका बिचमा पानी तथा ऊर्जाको वितरण तथा व्यवस्थापन बारे पनि अध्ययन गर्ने छन् भने त्यहाँ रहेका गैर नेपाली इन्जिनियर र विज्ञहरुसँग छलफलमा समेत जुट्ने छन् ।

निर्वाचन आयोगले आचारसंहिता लागू गरेपछि सरकारका उच्च अधिकारीले जथाभावी हिँडडुल गर्न अंकुश लगाएपनि मन्त्री शाहीले नियम उल्लंघन गर्दै विदेश भ्रमणमा निस्केका छन् भने प्रतिपक्षी दल एमालेले पनि त्यो भ्रमण जासुसी झैँ बनाएर बोहरालाई सहभागी गरी पठाएको छ । मन्त्री शाहीले बिधुत महसुल नतिरे प्रधानमन्त्री र राष्ट्रपति समेत लाई नछोड्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बयान सकियो

  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगर परिक्रमा

    नेपाल प्रिमियर लिग (एनपीएल) फर्स्ट सिजनका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज

तीन विश्वविद्यालयका उपकुलपतिले लिए सपथ

    प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद

आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।