सुतली बमसहित नगरपालिकाका निर्वाचित वडा सदस्य प्रहरी खोरमा जाकिए



गुल्मी प्रहरीले विस्फोटक पदार्थसहित रेसुंगा नगरपालिकाका निर्वाचित वडा सदस्यलाई पक्राउ गरेको छ ।
लु ३२ प ६६०३ नम्बरको मोटरसाईकलमा राखेर तम्घास ल्याउँदै गर्दा प्रहरीले ३३ थान एक्सपोलोसिभ डेटोनेटर, चार थान सुतली बम, एक किलोग्राम बारुद र केही थान सेफ्टिफ्यूजलगायत सामाग्रीसहित रेनपा ८ का नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य ताराबहादुर श्रीसलाई पक्राउ गरेको हो ।

प्रहरीले रेनपा २ उदिनढुंगाबाट मोटरसाइकलसहित श्रीसलाई शनिबार राति पक्राउ गरेको हो । पक्राउ व्यक्ति र विस्फोटक पदार्थको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले बताए ।

 

प्रतिक्रिया दिनुहोस
वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना

प्रधानमन्त्री लाई ‘हिटलर’को संज्ञा दिने दुई युट्युबरको संसद् प्रवेश पास निलम्बन

  संघीय संसद् सचिवालयले दुईजना युट्युबरको प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री

कसैको पार्टी टुक्र्याउन खोजे आफैं खाल्डोमा पर्नुहुन्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी टुक्र्याउनेगरी कुनै कदम