असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी



हाम्रो इकोनोमि

 

 बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको गतिविधि बढ्न सक्ने केही मौसमविद्हरूले पूर्वानुमान गरेका छन् । केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने भन्दै उनीहरूले पूर्वतयारी र सतर्कतामा जोड दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले विभिन्न पूर्वानुमान मोडेलको अध्ययनबाट ८-१२ असोजसम्म देशभर वर्षा हुने सम्भावना देखिएको बताएका छन् ।

उनले केही मोडेलले उक्त अवधिमा ४०० मिलिमिटरभन्दा बढी र कतिपय अवस्थामा ७४१ मिलिमिटरसम्म वर्षा हुन सक्ने देखाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । यद्यपि यस्तो वर्षा देशभर समान रूपमा नभई निश्चित स्थानमा बढी केन्द्रित हुन सक्ने उनको अनुमान छ ।

पोखरेलका अनुसार भारतको उत्तरपश्चिमी क्षेत्रमा मनसुन बाहिरिन थालेपछि त्यहाँबाट आउने सुक्खा हावाले बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणालीको गतिलाई प्रभावित गर्न सक्छ । उनका अनुसार त्यसको सम्भावित प्रभाव नेपालतर्फ पर्न सक्ने भएकाले नेपालका केही क्षेत्रमा ठूलो वर्षा हुन सक्ने जोखिम छ ।

मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले  बंगालको खाडीमा विकसित भइरहेको मौसमी प्रणालीलाई नजिकबाट नियाल्नुपर्ने बताएका छन् । उनका अनुसार हाल उपलब्ध अधिकांश मौसम पूर्वानुमान मोडेलले असोज ८ देखि ११ गतेसम्मको अवस्था गम्भीर देखाइरहेका छन् ।

उपाध्यायका अनुसार असोज १० गते सबैभन्दा ठूलो जोखिम हुन सक्ने संकेत देखिएको छ । तर अहिलेको पूर्वानुमानलाई अन्तिम निष्कर्षका रूपमा लिन नहुने उनको भनाइ छ । अझै आशावादी छु, असोज ८–११ को सम्भावित भीषण वर्षा केही मथ्थर होला कि भनेर  उपाध्यायले फेसबुकमा लेखेका छन हाल उपलब्ध प्राय: सबै मोडेलबाट नाप्दा अवस्था भयावह देखिन्छ ।

उनले गत वर्षको उदाहरण दिँदै पूर्वानुमान गरिएको जोखिम अन्तिम अवस्थामा घट्न सक्ने सम्भावनातर्फ पनि ध्यानाकर्षण पनि गराएका छन् । उनका अनुसार २०८२ कात्तिकमा आएको ‘मोन्था’ चक्रवात भारतीय पूर्वी समुद्री तटमा शक्तिशाली रहे पनि नेपाल आइपुग्दासम्म कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भएको थियो । त्यसकारण नेपालमा अनुमान गरिएभन्दा क्षति निकै कम भएको उदाहरण रहेको उनले बताएका छन् । ‘यस्तै केही चमत्कारको आश छ उपाध्यायले लेखेका छन् ।

उनले सम्भावित जोखिमलाई लिएर सर्वसाधारणलाई नआत्तिन तर उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । नडराऔँ, नआत्तिऔँ, सजग रहौँ, हदैसम्म सावधान रहौँ, उनले भनेका छन् । उपाध्यायले असोज ८, ९ र १० गते सुदूरपश्चिमबाहेकका क्षेत्रमा लामो दूरीको यात्रा स्थगन गर्नु उपयुक्त हुन सक्ने सुझाव समेत दिएका छन् । तर वर्षाको वास्तविक तीव्रता र कुन क्षेत्रमा कति प्रभाव पर्छ भन्ने कुरा अहिले नै स्पष्ट भइनसकेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...