ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको छ । बैठकपछि सञ्चारकर्मीमाझ सचिव महेश बस्नेतले ओलीको राजीनामा नमाग्ने र आलोचना नगर्ने सहमति जुटेको सचिव महेश बस्नेतले दाबी गरे ।

कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ को मस्यौदा र सदस्य सचिव शंकर पोखरेलको मस्यौदा बैठकमा राखिएको र दुवैको प्रतिवेदनलाई साझा प्रतिवेदन बनाएर अस्ति जिम्मा दिएकै ३ जना नेताले तयार पार्ने बस्नेतले बताए । उनले भने, ‘अध्यक्षको आलोचना नगर्ने, राजीनामा नमाग्ने पदबाट नहटाउने कहिँ पनि बोल्दा पनि नबोल्ने, विशेष महाधिवेशन नगर्ने ७० वर्षे, २ कार्यकाल र नेतृत्व परिवर्तनको कुरा भोलि नियमित महाधिवेशनरविधान अधिवेशनबाट हुन्छ भने त्यो त्यतिबेलाकै कुरा हो ।

१३ वटा समूहबाट आएका सुझावलाई अनुसूचीमा राख्ने सहमति बनेको उनको भनाइ छ । पार्टीलाई जुझारु ढंगले अघि बढाउने, सरकारको अधिनायकवादी शैलीविरुद्ध सशक्त ढंगले आन्दोलन गर्न प्रतिनिधि परिषद्बको बैठक डाक्ने निर्णय भएको बस्नेतले बताए । नियमित विधान महाधिवेशनमा छलफलमा जाने र उपयुक्त निर्णय लिन सक्ने मनशाय सबैको रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...