ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको छ । बैठकपछि सञ्चारकर्मीमाझ सचिव महेश बस्नेतले ओलीको राजीनामा नमाग्ने र आलोचना नगर्ने सहमति जुटेको सचिव महेश बस्नेतले दाबी गरे ।

कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ को मस्यौदा र सदस्य सचिव शंकर पोखरेलको मस्यौदा बैठकमा राखिएको र दुवैको प्रतिवेदनलाई साझा प्रतिवेदन बनाएर अस्ति जिम्मा दिएकै ३ जना नेताले तयार पार्ने बस्नेतले बताए । उनले भने, ‘अध्यक्षको आलोचना नगर्ने, राजीनामा नमाग्ने पदबाट नहटाउने कहिँ पनि बोल्दा पनि नबोल्ने, विशेष महाधिवेशन नगर्ने ७० वर्षे, २ कार्यकाल र नेतृत्व परिवर्तनको कुरा भोलि नियमित महाधिवेशनरविधान अधिवेशनबाट हुन्छ भने त्यो त्यतिबेलाकै कुरा हो ।

१३ वटा समूहबाट आएका सुझावलाई अनुसूचीमा राख्ने सहमति बनेको उनको भनाइ छ । पार्टीलाई जुझारु ढंगले अघि बढाउने, सरकारको अधिनायकवादी शैलीविरुद्ध सशक्त ढंगले आन्दोलन गर्न प्रतिनिधि परिषद्बको बैठक डाक्ने निर्णय भएको बस्नेतले बताए । नियमित विधान महाधिवेशनमा छलफलमा जाने र उपयुक्त निर्णय लिन सक्ने मनशाय सबैको रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...