मन्त्री थप्दै देउवा,आज साँझ सम्ममा को-को बन्दैछन मन्त्री



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
राप्रपा प्रजातान्त्रिकका तर्फबाट मन्त्री थप गरेर सरकार विस्तार गर्ने तयारी भइरहेको हो । राप्रपा प्रजातान्त्रिकले ४ वटा मन्त्रालय माग गरे पनि प्रधानमन्त्रीले ३ वटा मन्त्रालय दिएर मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।

यसबारे राप्रपा प्रजातान्त्रिकसँग छलफल भइरहेको तर मन्त्रीपरिषद् आजै कि भोलि विस्तार हुने भन्ने टुंगो लागिनसकेको श्रोतले जनाकारी दियो ।
राप्रपाबाट दीपक बोहरा, विक्रम पाण्डे, रामकुमार सुब्बा र सुनिल थापाको नाम चर्चामा छ ।

तीन जना मात्र मन्त्री भए पनि सरकारमा सहभागी हुने मनस्थितिमा रहेको राप्रपा प्रजातान्त्रिकले ती मन्त्रालयमा राज्यमन्त्री पनि नियुक्त गर्नुपर्ने माग गरेको छ । तर, प्रधानमन्त्री देउवाले अहिले राज्य मन्त्री नियुक्त नगर्ने अडान राखेको श्रोतले बतायो ।
प्रधानमन्त्री देउवाले आफैसँग राखेका उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालयमध्येबाट ३ मन्त्रालय राप्रपा प्रजातान्त्रिकलाई दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...