चुनाबको मुखैमा माधब नेपालले यसरी गरे विमलेन्द्र निधिमाथि आक्रमण



हाम्रो इकोनोमि

नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले उनको उत्तर कोरिया भ्रमणलाई लिएर भएको आलोचनाबारे मुख खोलेका छन् । उनले परराष्ट्र मन्त्रालयले आफूलाई भ्रमणमा नजान नभनेको बताएका हुन् ।
‘मलाई परराष्ट्र मन्त्रालयले उत्तर कोरिया नजानु भनेको थिएन । मलाई दक्षिण कोरियाले चासो देखाएको छ मात्र भनेको थियो,’ अनेरास्ववियुले आयोजना गरेको एक गोष्ठीमा नेता नेपालले भने, ‘हामी कोरियाली प्रायद्वीपमा शान्ति चाहन्छौँ। त्यसैले म शान्तिको सन्देश लिएर उत्तर कोरिया गएको हो ।’

‘मेरो उत्तरकोरिया भ्रमणलाई लिएर यहाँ ठूलो चर्चा भयो । मेरो भ्रमणलाई लिएर विमलेन्द्र निधिजी ले खुब विरोध गर्नुभयो । जानु हुँदैनथ्यो भन्नुभयो,’ नेता नेपाले भने, ‘उहाँले कुन हैसियतले त्यसो भन्नुभयो ? मन्त्री भइसकेको मान्छे कुटनैतिक ज्ञान नभएजस्तो लाग्यो ।’

‘के उत्तर कोरिया हाम्रो शत्रु राष्ट्र हो ?’ नेता नेपालले प्रश्न गरे। उनले कुटनैतिक सम्बन्ध गाँसिएको देशमा आफू भ्रमणमा गएको स्पष्ट पारे ।

त्यस्तै उनले राजा महेन्द्रले नेपालको स्वाभिमान जोगाएका कारण उनलाई गाली गर्न नहुने बताएका छन् । नेपालले स्वाभिमानको कुरा गर्दा महेन्द्रीय राष्ट्रवाद भनिनु दुखद् भएको बताए ।

‘अहिले राष्ट्रिय स्वाभिमानको कुरा गर्दा महेन्द्रीय राष्ट्रवाद भन्ने गरिन्छ । त्यो गलत कुरा हो,’ नेता नेपालले भने, ‘राजा महेन्द्रले हाम्रो स्वाभिमान जोगाएका हुन् । राजा भन्नेबित्तिकै गाली गर्नुपर्छ भन्ने छैन ।’

गोष्ठीमा उनले भारतको चाकरी नगरेसम्म सत्तामा पुग्न सक्दैनौँ भन्ने मानसिकता नेपाली नेताहरुमा रहेको भन्दै आलोचना गरे ।

उनले विदेशनीतिमा शब्दहरुको ठूलो अर्थ रहने बताउँदै ‘समदूरी’ को सट्टामा ‘समनिकटता’ शब्द प्रयोग गरिनुपर्ने बताए । वरिष्ठ नेता नेपालले माओवादी र अन्य दलबीच भएको १२ बुँदे सम्झौताम भारतको कुनै हात नरहेको दाबी पनि गरे ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...