आर्यघाटमा पुग्न लागेको कांग्रेसलाई गगनले यसरी बचाए,खुमबहादुरको योजनामा ठक्कर लाग्दा को-को रमाए



नेपाली कांग्रेसका युवा नेता गगन थापाले केही दिनअघि चितवनमा भनेका थिए भ्रष्टाचारीले कुनैहालतमा चुनाव लड्न पाउँदैनन् । उनको यो अभिव्यक्ति आफ्नै पार्टीका प्रभावशाली नेता तथा भ्रष्टाचारको आरोप जेल सजाय काटिसकेका खुमबहादुर खड्काविरुद्ध थियो ।

खुमबहादुरकै जोडबलमा निर्वाचनसम्बन्धी विधेयकमा कांग्रेसका केही सांसदले संशोधन प्रस्ताव दर्ता गराएका थिए । तर, अन्तिममा तीनै सांसदले विरोध र आलोचनाका बीच प्रस्ताव फिर्ता लिए । सोमबार संसदबाट बहुप्रतिक्षित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्बन्धी विधेयक पारित भयो । भ्रष्टाचारीको चुनाव लड्ने सपना समाप्त भयो । एकहिसाबले भन्ने हो भने खुमबहादुरहरुको राजनीति समाप्न भयो । उनीहरु पार्टीमा मात्रै सिमित भए ।

यो विधेयकले खासगरी भ्रष्टाचार प्रमाणित भएका कांग्रेसका नेता प्रभावशाली नेता खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, जेपी गुप्ता लगायत समाप्न भएका हुन् । भ्रष्टाचारीले चुनाव लड्न पाउनुपर्ने संशोधन फिर्ता गराउन कांग्रेकै नेता गगन थापाको ठूलो रोल छ ।

भ्रष्टाचारीको चुनाव लड्ने सपना चकनाचुर भएपछि गगन थापाले के भने ?

निर्वाचन विधेयकमा भ्रष्टाचारीले पनि चुनाव लड्न पाउनुपर्ने भन्दै कांग्रेसका सांसदहरुले संशोधन हालेपछि विरोधमा उत्रिएका युवा नेता गगन थापाले आफ्नो प्रयास सार्थक बनेकोमा खुसी प्रकट गरेका छन् ।

उनले कांग्रेसका सांसदहरुको संशोधन गलत रहेको र प्रस्ताव फिर्ता हुनुमा सम्पूर्ण नेपालीहरुको दबाबले सम्भव भएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् । ‘हाम्रो प्रयास सार्थक बनेको छ । संशोधन प्रस्ताव गलत थियो, फिर्ता भयो । फिर्ता लिन दवाद दिने सबै साथीहरूलाई धन्यवाद,’ गगनले ट्वीटरमार्फत भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना

प्रधानमन्त्री लाई ‘हिटलर’को संज्ञा दिने दुई युट्युबरको संसद् प्रवेश पास निलम्बन

  संघीय संसद् सचिवालयले दुईजना युट्युबरको प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री

कसैको पार्टी टुक्र्याउन खोजे आफैं खाल्डोमा पर्नुहुन्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी टुक्र्याउनेगरी कुनै कदम