खस आर्यलाई ३१ प्रतिशत आरक्षण, हेर्नुस् सूची कुन समूहलाई कति ?



मंसिर १० र २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ खस आर्य समुदायले ३१ प्रतिशत आरक्षण पाउने भएका छन्। संवैधानिक व्यवस्था अनुसार पहिलो पटक खस आर्य समुदाय तथा थारु र मुस्लिमको छुट्टै समूह बनाइएको हो।

प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयक सोमबार संसदबाट पारित भइसकेको छ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि लागू हुनेछ। सांसद् सचिवालयले सोमबार नै आनुषङ्गिक सुधार गरी विधेयक कानुन मन्त्रालयमा बुझाइसकेको छ।
पारित विधेयकअनुसार राजनीतिक दलले प्राप्त गरेको मतका आधारमा समानुपातिक सिट बाँडफाँड हुनेछ। सदर मतको तीन प्रतिशतभन्दा कम मत ल्याउने राजनीतिक दलले समानुपातिक सिट पाउने छैनन्।

राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीमा बुझाउने सूचीमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिमको समूह छुट्याइएको छ। मधेसीबाट मुस्लिम र थारुलाई पहिलो पटक छुट्टै समूहमा राखिएको हो।

पारित विधेयक अनुसार समानुपातिक प्रणालीमा दलितले १३.८ प्रतिशत आरक्षण पाउनेछन्। यस्तै, आदिवासी जनजातिले २९.७, खस आर्यले ३१.२ प्रतिशत आरक्षण पाउनेछन्। यस्तै, मधेसी १५.३, थारु ६.६ र मुस्लिमले ४.४ प्रतिशत आरक्षण पाउनेछन्। यसअघि थारु र मुस्लिम मधेसी ‘क्लष्टर’मा थिए।
समानुपातिक प्रतिनिधित्व राजनीतिक दलले प्राप्त गरेको मतलाई शत–प्रतिशत मानेर गरिनेछ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना

प्रधानमन्त्री लाई ‘हिटलर’को संज्ञा दिने दुई युट्युबरको संसद् प्रवेश पास निलम्बन

  संघीय संसद् सचिवालयले दुईजना युट्युबरको प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री

कसैको पार्टी टुक्र्याउन खोजे आफैं खाल्डोमा पर्नुहुन्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी टुक्र्याउनेगरी कुनै कदम