माओबादीका मन्त्रीले कुलमानलाई घिसार्ने योजना बनाए पछी घिसिङ्ग किन पुगे बामदेबको शरणमा?



नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई अकुत सम्पतिमा अख्तियार दुरुपायोग अनुसन्धान आयोगले छानविन शुरु गरेको छ ।
अहिले तात्कालिन ऊर्जामन्त्री एवं हालका गृहमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीसँग प्रतिबद्धता गरेको पैसा नबुझाएपछि दुरी बढेको बताइएको छ ।

शर्मा र शाहीले चुनावको लागि कमीटमेन्ट गरेको पैसा मागे पछि घिसिङ्ग उनीहरुबाट टाढिन थालेका छन् । कानूनी रुपमा आफूलाई हटाउन नसक्ने ठानी घिसिङ्ग यतिवेला एमाले उपाध्यक्ष वामदेव गौतमको शरणमा पुगेको जानकारहरुले बताएका छन् । आगामी मंसिरमा हुने प्रदेश र केन्द्रको चुनावमा एमालेले बहुमत ल्याउने र आफू सुरक्षित हुने बुझाई घिसिङ्गको छ ।

त्यस्का लागि दीपक भट्ट नाम गरेका दलालले संयोजन गरिदिएको समाचार सूत्रले जानकारी दिएको छ ।
घिसिङ्गले शेर बहादुर देउवा नेतृत्वको सरकारमा शाही ऊर्जामन्त्रीमा आउने तय भै सकेपछि कुनै च्यानलमार्फत देउवासँग काँग्रेस नेता प्रकाशशरण महतलाई ऊर्जामन्त्रीमा ल्याउन लविङ्ग समेत गरेका थिए ।

पछि यो कुरा ऊर्जामन्त्री शाहीले थाहा पाएपछि ऊर्जामन्त्री शाही र घिसिङ्गबीच पानी बाराबारको अवस्था आएको प्राधिकरण श्रोतले बताएको छ ।
उता तात्कालिन ऊर्जामन्त्री शर्माले आफूले नियुक्त गरेका बोर्ड सदस्यहरु भक्तबहादुर पुन, चेतराज जोशी र चन्द्र टण्डनलाई घरमै बोलाएर घिसिङलाई असहयोग र ठीक गर्न निर्देशन दिएको समाचारमा उल्लेख छ ।

पैसाको हिसाब किताव नबुझाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल समेत रुष्ट बनेको बताईएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङ्गले प्राधिकारणको सबै आर्थिक कारोवार गर्ने जिम्मा आफ्नै सहोदर दाजु गणेश घिसिङ्गलाई सुम्पिएको सम्बद्ध स्रोतले बताएको छ।

गणेश घिसिङ्गले जनार्दन शर्माको नामबाट समेत पैसा उठाएर खाएपछि मनमुटाव शुरु भएको बताइएको छ । कार्यकारी निर्देशक घिसिङ्गले कबोल गरेको करोडौँ रकम पचाउन विभिन्न पार्टी (माओवादी केन्द्र बाहेक) का नेताहरुले घरदैलोमा धाउन थालेको समाचार सूत्रले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय