बाबुराम ओरालो लागेको हरिण बन्दै,देउवाले भट्टराईलाई भेट्ने समय नदिएपछि………



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले भेट्ने समय नदिपछि नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई रुष्ट बनेका छन् ।बुढीगण्डकीको विषयमा छलफल गर्न एक सातादेखि समय माग्दा पनि प्रधानमन्त्री सचिवालयले समय नमिलाएको भन्दै भट्टराई सचिवालयले असन्तुष्टि जनाएको छ । भट्टराई पूर्व प्रधानमन्त्री समेत हुन्। अहिले उनको पार्टी रित्तिएको छ,यहि बेला देउवाले पनि भेट्न मानेनन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई गोरखा र धादिङका सबै पार्टी सम्मिलित बुढीगण्डकी सरोकार समाजको प्रतिनिधिमण्डल सहित देउवालाई भेट्न चाहन्थे । बुढीगण्डकी आयोजनाको बारेमा कुरा गर्न प्रधानमन्त्री देउवासँग विगत एक हप्तादेखि १० मिनेट समय माग्दा पनि प्रधानमन्त्री र उनको सचिवालयबाट निरन्तर वेवास्ता भइरहेको नयाँ शक्तिका एक नेताले बताए ।
बुढीगण्डकी निर्माणको काम चिनियाँ कम्पनीलाई दिने प्रक्रियाप्रति बाबुरामले असहमति राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...