सचिब धर्धरी रुँदा मन्त्रीले पनि गह भरी आँशु पारे,को हुने मन्त्रालयमै डाको छोडेर रुने सचिब



रमाइलो छ सिंहदरबारतिर । अस्तिदेखि सचिव पदबाट उमेर हदका कारण अवकाश पाएका सचिवको आँखा रसाए । उनका आँखा रसाए देखेर विभागीय मन्त्री वाल्ल । त्यसरी मन्त्रीका अगाडि आँखा रसाएका सचिव हुन भीम उपाध्याय । अवकाश पाउनु महिना दिन अगाडिदेखि विदेश सयर गएर स्वदेश फर्किएका उनी त्यताबाट फर्किएलगत्तै मन्त्रीकै अगाडि टोलाएको चर्चा मन्त्रालयमा छ ।

तत्कालीन अवस्थामा मन्त्री महेन्द्र यादव ट्वाँ परे । सोमबार मात्र उपाध्यायले उमेर हका कारण बिदा पाएका हुन् । मन्त्रालयमा अस्ति उनको बिदाइ कार्यक्रम राखिएको थियो । यही १४ गते ५८ वर्ष लाग्दै गरेका उपाध्यायलाई बिदाई गर्न आयोजित एक कार्यक्रम राखिएको थियो ।

उनले आँसु खसालेको देखे पनि मन्त्री यादवले पनि मन थाम्न सकेनन् उनी पनि भावुक बनिहाले । फेसबुक र ट्वीटरमा आदर्शका गफ छाडेर नथाक्ने सचिव उपाध्यायको बिदाई भने खल्लो रह्यो । उक्त विदाई कार्यक्रममा काठमाडौं उपत्यकाका खानेपानी लिमिटेडका कुनै पनि कर्मचारी उपस्थित रहेनन् ।

उनी मन्त्रालयमा सचिव बनेर रहुन्जेल एकपटक पनि केयुकेएल सञ्चालक समितिको बैठक बस्न सकेन । केयुकेएलका पदाधिकारीहरुले उपाध्यायको अध्यक्षतालाई अस्विकार गरेपछि दुई वर्षको अवधिमा एउटा पनि बैठक बस्न नसकेको हो । आफ्नो कार्यकालमा पाँचवटा मन्त्री झेलेका उपाध्याय एउटै बोर्ड बैठक बसाल्न नसकी सोमबार अवकाश पाएका हुन् ।

उनको रुखो स्वभावकै कारण त्यहाँ केयुकेएलका कुनै पनि प्रतिनिधि देखिएनन् । बाहिर सरिफ देखिए पनि भीमले केयुकेएलका पदाधिकारीहरुसँग कमिसन मागेको र मागेको कमिसन नपाएको तथा आफूले भनेको कर्मचारी भर्ना गर्न नमानेका केयुकेएलको महाप्रबन्धकले नमानेका कारण दुईबीच टकरावको स्थिति पैदा भएको थियो । त्यही बिदाई समारोहसमेत केयुकेएलका कर्मचारीहरुले बहिष्कार गरिदिएका छन् ।

उता आर्दशका कुरा छाँट्ने उनै उपाध्यायको लाचारीका कारण काठमाडौं उपत्यकाबासीले यस वर्ष पनि मेलम्चीको पानी खान नपाउने पक्का भएको छ । तिनै लाचारी र नौटंकी सचिव घर बिदा हुँदा भनेर रोएर नाटक देखाएका छन् र महेश भट्टराईले जसरी पनि उपाध्यायलाई अवकाश हुनुपहिला सरुवा गर्छु भनेर ठूला शक्ति केन्द्रमा धाए पनि सचिवलाई सरुवा गर्न सकेका थिएनन्, खबर तामाकोशी सन्देशमा छ।

उनी भन्दै थिए, जसरी भए पनि अवकाश हुनु पहिले यी सचिवलाई ट्रस्टको कार्यालयमा सरुवा गर्छु, भनेर कलिँदा कुलिँदा हिस्स बूढी, खिस्स दाँत भनेझैं भट्टराई सचिवलाई खेद्दा खेद्दै काम गर्न नसकेर केयुकेएल नै धरासायी बनाउँदै दुई चिरामा पुर्याएका छन् । मेलम्चीको पानी आउाछ भन्दा भन्दै यो साल मेलम्ची नआउने पक्का पक्की भएको छ । केयुकेएलमा जब भट्टराई रहन्छन् तब काठमाडौंवासीले मेलम्चीको पानी खान हम्मेहम्मे पर्ने देखिन्छ ।

प्रकाशित मिति : १४ भाद्र २०७४, बुधबार  १२ : २६  बजे

प्रतिक्रिया दिनुहोस
वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना

प्रधानमन्त्री लाई ‘हिटलर’को संज्ञा दिने दुई युट्युबरको संसद् प्रवेश पास निलम्बन

  संघीय संसद् सचिवालयले दुईजना युट्युबरको प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री

कसैको पार्टी टुक्र्याउन खोजे आफैं खाल्डोमा पर्नुहुन्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी टुक्र्याउनेगरी कुनै कदम