भूमाफियाको कब्जामा क्याबिनेट,यसरी गरियो सचिबको सरुवा
आज बुधवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कृष्णराज देवकोटालाई भूमिसुधारबाट आपूर्ति,शभ्भु कोइरालालाई भूमिसुधार, कृष्णराज बिसीलाई खानेपानी तथा सरसफाई,महेश्वर न्यौपानेलाई पर्यटन सचिवमा सरुवा गरेको छ । सचिब देबकोटा भूमाफियाको दबाब पछी सरुवा भएका हुन् र भूमिसुधारमा शम्भु कोइरालालाई उनीहरुकै योजना बमोजिम सरुवा गरिएको श्रोतको भनाइ छ ।
झापामा रहेको सयौ बिगाहा जग्गा भूमाफियाले कब्जा गर्न खोजेका थिए। जसमा सचिब देवकोटा तगारो बनेपछी उनलाई सरुवा गरिएको हो। जुन जग्गाको मूल्य मात्र अर्बौ पर्न आउछ । त्यहि जग्गा कब्जा गर्न सचिब कोइराला लाई त्यहाँ लगिएको बुझिएको छ।