यसकारण भत्काए सुस्ताबासीले गण्डक नहर



नवलपरासीको सुस्ताबासीले गण्डक नहरले आफूहरुको खेतीयोग्य जमिन कटान गरेको भन्दै नहरको एक भाग भत्काइदिएका छन्।
भारतीय गण्डक नहरदेखि उत्तरको वडा नं. १ र २ को भूभाग वर्षाले डुबाएको थियो।
मानवीय क्षति नभए पनि करिव तीन सय विघा धानवाली पूर्ण नष्ट भएको बताउँदै उनीहरुले नहर भत्काइदिएका हुन्।
उनीहरुले बाढीको पानी निकास र रैपुराखोलाको व्यवस्थापन हुनुपर्ने माग गर्दै गण्डक नहर भत्काएका हुन्।

आफूहरुको मागलाई २०६० सालदेखि बेवास्ता गरिंदै आएकाले नहर भत्काउनुपर्ने बाध्यता भएको स्थानीय चुडामणि डुम्रे बताउँछन्।
उनले भने,‘हाम्रो सम्पूर्ण बाली नष्ट भयो, कसरी वर्ष कटाउने? खानको लागि केही कुरा पनि नहुनुले पनि आफूहरुले यस्तो बाटो अपनाउनु परेको हो।’
बाढीपीडित उद्दार सेवा समितिका अध्यक्ष एकनारायण न्यौपानेले पनि आफूहरुले रहरले नहर बाध्यतामा नहर भत्काएको बताए।

उनले भने,‘बिगतका वर्षहरुमा पनि हाम्रा मागलाई बेवास्ता गरिएको र अहिले पनि खासै मागको सम्वोधन नभएका कारण नहर भत्काएका हौँ।’
आफ्ना मागहरु सम्वोधन नभएमा भत्काएको बाँधलाई पुर्न नदिने उनले बताए।

उनीहरुले तत्काल नष्ट बालीको क्षतिपूर्ति पाउनुपर्ने, रैपुराखोला नहरको माथिबाट जाने र नहरको तलबाट जाने व्यवस्था गर्नुपर्ने, हरेक वर्ष रैपुराखोला सफा गर्नुपर्ने माग राखेका छन्।
सुस्ताबासीले नहर भत्काएपछि निरीक्षणका लागि पुगेका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले नेपाल सरकारबाट पाउने राहत तत्काल उपलब्ध गराउने तथा भारतीय पक्ष र स्थानीयवासीसँग छलफल गरी दीर्घकालिन योजना वनाउने प्रतिबद्धता व्यक्त गरे । चन्द्रकान्त खनालको सहयोगमा

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय