प्रिन्सिपल र शिक्षिकाको यस्तो लिला,अबैध सम्बन्धको नासो मार्ने दुबैलाई जाक्यो प्रहरीले खोरमा



भोजपुरका एक स्कूलका प्रिन्सिपल र मिसबीच नै बच्चा फाल्नेसम्मको हर्कतमा पुगेपछी गुरुबा र आमाको भूमिका माथी प्रश्न खडा भएको छ । नैतिकता पढाउने नै अनैतिक भएपछि बच्चा फाल्नेसम्मको अपराधकर्म भएको खबरले सनसनी मच्चाएको हो ।

भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिका २, घोडेटारका २८ वर्षीय एक स्थानीय निजी स्कुलका प्रिन्सिपल कृष्ण राई र घोडेटारकै २६ वर्षीया सोही स्कुलकी शिक्षिका रमिता राईलाई भर्खरै जन्मेको नवजात बच्चा मारेको आरोपमा घरैबाटै पक्राउ गरेको हो । आजै मात्र रमिताले बच्चा जन्माएकी थिइन् ।

स्थानीयले बच्चाको विषयमा सोधखोज गर्दा उनले बच्चा कृष्णको भएको बताएपछि गाउँलेले प्रहरीमा खबर गरेका हुन् । स्थानीयले खबर गरेलगत्तै पुगेको प्रहरीले बच्चाको शवसहित दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय भोजपुरमा बुझाएको हो ।

बोर्डिङ स्कुलमा पढाउने शिक्षक अविवाहित हुन् । आरोपित जोडीले बच्चा आफूहरुले नमारेको र बच्चा स्वयम् नै मृत अवस्थामा जन्मेको दाबी गरेका छन् । प्रहरीसँगको बयानमा बिहान ट्वाइलेट जाँदा पेट दुखेको र बच्चा त्यतिखेरै मरेकै अवस्थामा जन्मिएको रमिताले बयान दिएकी छिन् ।

हतुवा इङ्लिस मिडियम बोर्डिङ स्कुलका प्रिन्सिपल समेत रहेका कृष्ण राई र सोही स्कुलमा अध्यापन गराइरहेकी स्टाफ रमिताले देखाएको यो ब्यबहारले स्कूलेहरुको नाक भाँचिदिएको छ । र शिक्षकको नैतिकता माथी पनि डरलाग्दो प्रश्न खडा गरिदिएको छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बयान सकियो

  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगर परिक्रमा

    नेपाल प्रिमियर लिग (एनपीएल) फर्स्ट सिजनका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज

तीन विश्वविद्यालयका उपकुलपतिले लिए सपथ

    प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद

आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।