भट्टीमा बसेर सरुवाको सुची बनाएपछी काठमाडौँ महानगरमा भाडभैलो,एक हप्तामा नमिलाए भोटेताल्चा लगाउने चेतावनी



काठमाडौं महानगरपालिकाका कर्मचारी सरुवा गर्दा मापदण्ड मिचेको आरोप लगाउँदै महानगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। काठमाडौं महानगरपालिकाले श्रोतले दिएको जानकारी अनुसार ३८ जना कर्मचारीहरुको सरुवा गरिएको छ।

तर, प्रशासनलाई समेत कुनै वास्ता नगरी महानगरबाहिर बसेर सरुवाको लिस्ट तयार पारेको भन्ने आरोप लागेको सो सरुवा सूची अहिले सार्वजनिक भएको छैन। तर, यसको विरोधमा महानगरपालिकामा एमाले निकट कर्मचारीहरु बाहेकका कर्मचारी संगठनहरु आन्दोलनमा उत्रिन थालिसकेका छन्। बुझिए अनुसार भट्टीमा बसेर त्यसरी लिस्ट बनाईएको हो।

यसरी गरिएको सरुवाको क्रममा बढी आर्थिक कारोबार हुने र बैधानिक रुपमा समेत कर्मचारीहरुलाई थप आर्थिक सुविधा प्राप्त हुने ठाउँमा विधी र प्रक्रिया अनुसार कार्यक्षमताको आधारमा भन्दा पनि राजनीतिक आस्थाको भरमा कर्मचारी सरुवा गरिएको भन्दै अहिले काँग्रेसी कर्मचारीहरु त्यसको विरोधमा उत्रिएका छन्।

बाहिरी रुपवमा काँग्रेस विरोधमा उत्रिएको छ भने यसलाई माओवादी केन्द्र निकट कर्मचारी लगायतका महानगरका एमालेबाहेकका सबै कर्मचारीले सहयोग गरिरहेको माओवादी निकट कर्मचारी संगठनका एक पदाधिकारीले जानकारी दिए। काँग्रेस निकट कर्मचारीहरुले बिहीबार कार्यकारी प्रमुख धनीराम शर्मालाई मागपत्र पेश गर्दै ७ दिनभित्र सरुवाको सबै कामहरु फिर्ता नगरिए आफूहरु कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्। शर्मासँगको भेटका क्रममा कर्मचारीहरुबीच चर्काचर्कीसमेत चलेको थियो।

उनीहरुले सातदिन पछि आफ्ना मागहरु पूरा नभएको खण्डमा महानगरपालिकामा नै तालाबन्दी गर्नेसम्मको धम्की दिएको स्रोतले जानकारी दिएको छ ।

अहिले महानगरपालिकाको अधिकांश वडाका वडासचिवहरु सरुवा गरिएको जानकारी प्राप्त भएको छ। त्यस्तै, धेरै आर्थिक कारोबार हुने विभागका प्रमुख पनि सरुवा गरिएको छ। स्रोतका अनुसार अहिलेसम्म महानगरपालिकाको प्रशासन विभाग अन्तर्गत् जिम्मेवारी विहीन रुपमा रहेका देवेन्द्र पोखरेललाई अहिले खरीद विभागमा पठाईएको छ। त्यस्तै, खरीद विभागका प्रमुख दिपक अधिकारीलाई अहिले प्रशासन विभागमा पठाईएको छ।

त्यस्तै, ६ नं वडाका रामप्रसाद पौडेललाई ११ नं वडामा सरुवा गरिएको छ। जिन्सी इकाई प्रमुख सुमन अधिकारीलाई १५ वडामा पठाईएको छ। यस विषयमा थप विषयहरु सार्वजनिक गरिएको छैन। महानगरपालिकाका काँग्रेस निकट कर्मचारी संगठनका अध्यक्ष धर्म भट्टराईले आफूहरुले माग पत्र पेश गरेको भन्दै ७ दिनभित्र आफ्नो माग पूरा नभए आफूहरु कडा आन्दोलनमा उत्रिने चेतावनी दिए।

त्यस्तै, यो सरुवा रद्द गर्नको लागि अहिले काँग्रेसी जनप्रतिनिधिहरु समेत सक्रिय रहेका छन्। काँग्रेसी सबै वडाध्यक्षहरुले बिहीबार यस विषयमा मेयरलाई भेटेर तत्काल यस्तो सरुवा फिर्ता लिन आग्रह गरेका थिए। काँग्रेस निकट कर्मचारीहरुले यो सरुवा फिर्ता नभएसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय