मोदी पगाल्न र खुशी पार्न के सम्म गरेनन् देउवाले,यति सम्म गरे !



प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई अब संघको निर्वाचनपछि मात्र संविधान संशोधन हुन सक्ने बताएका छन् ।
लोकतान्त्रिक गठबन्धन पक्षधरको दुईतिहाइ पुगे मात्रै संशोधन सम्भव हुने उनको भनाइ छ । बिहीबार भारतीय प्रधानमन्त्री मोदीसँग हैदराबाद हाउसमा सीमित अधिकारीसहितको बैठक र प्रतिनिधिमण्डलस्तरीय बैठकमा देउवाले यस्तो बताएका हुन् ।
मोदीले देउवाको धारणामा सहमति जनाउँदै त्यसमा भारतको सहयोग रहने वचन दिएका छन् ।

बोल्दाबोल्दै चिप्लिए देउवा
औपचारिक भेटवार्तापछिको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले लिखित भाषणमा नभएको दुई विषय उल्लेख गरे । पहिलो, भारतविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने । दोस्रो, दुईतिहाइ पुगेपछि संविधान संशोधन गर्ने । स्रोतका अनुसार यी दुवै विषय देउवाको लिखित भाषणमा उल्लेख थिएन ।

देउवाले संविधान संशोधनमार्फत पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैले आत्मसात् गर्ने वातावरण बनाउने बताए । जबकि यो विषय लिखित भाषणमा उल्लेख थिएन । ‘यो विषय लिखित भाषणमा थिएन, तर प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई आश्वस्त पार्न भन्नुभयो,’ एक सरकारी अधिकारीले नयाँ पत्रिकासँग भने । सुरुमा प्रधानमन्त्रीपत्नी आरजु देउवाले तयार गरेको प्रारम्भिक मस्यौदालाई परराष्ट्रका अधिकारीले अन्तिम रूप दिएका थिए । मोदीले सबै पक्षलाई साथमा लिएर जाने सरकारको प्रयासको प्रसंग निकालेपछि देउवाले मौखिक रूपमा जवाफ दिएका थिए ।

नेपाल–भारत सम्बन्धका जानकार तथा काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा। उद्धव प्याकुेलले मोदी र देउवा दुवैको धारणा समय–सान्दर्भिक नरहेको प्रतिक्रिया दिए । ‘भारतमै अल्पसंख्यकहरूलाई बहिष्करण गरेको आरोप खेपिरहेका मोदीले नेपालमा सबैलाई लिएर अघि बढ्नेजस्ता विषय उल्लेख गर्नु सान्दर्भिक थिएन,’ नयाँदिल्लीमा रहेका प्याकुरेलले भने, ‘देउवाले पनि मोदीसँग त्यो विषय उठाउनु जरुरी थिएन । उहाँले बोल्नुनपर्ने विषय बोलेर आफ्नो उचाइ घटाउनुभयो । यो स्वाभाविक विषय भएन ।’

 

प्रकाशित मिति : ९ भाद्र २०७४, शुक्रबार  ०१ : ५१  बजे

प्रतिक्रिया दिनुहोस
वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना

प्रधानमन्त्री लाई ‘हिटलर’को संज्ञा दिने दुई युट्युबरको संसद् प्रवेश पास निलम्बन

  संघीय संसद् सचिवालयले दुईजना युट्युबरको प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री

कसैको पार्टी टुक्र्याउन खोजे आफैं खाल्डोमा पर्नुहुन्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी टुक्र्याउनेगरी कुनै कदम