आज निर्धारित वान टु वान वार्ता हिजै हुनुको खुल्यो रहस्य,महरा संग मोदी यसरी तर्सिए



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत भ्रमणमै रहेका प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज दिउँसो पौने १२ बजे वान टु वान वार्ताको समय निर्धारण गरिएको थियो । तर परराष्ट्रमन्त्री कृष्णबहादुर महराका कारण दुई प्रधानमन्त्रीबीच आज ‘वान टु वान’ वार्ता हुन सकेन ।

दुई प्रधानमन्त्रीको वान टु वान वार्तामा भारतीय पक्षबाट प्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री पनि सहभागि हुने र नेपालबाट प्रधानमन्त्री मात्र सहभागि हुने परम्परा थियो । दुई प्रधानमन्त्रीको वार्तामा आफुपनि सहभागि हुने परराष्ट्रमन्त्री महराले इच्छा देखाएपछि दुई प्रधानमन्त्रीबीच वान टु वान वार्ता हुन नसकेको हो ।

महरा पनि वार्तामा बस्ने थाहा पाएपछि भारतीय प्रधानमन्त्री मोदीले निर्धारित समयभन्दा एक दिनअघि नै सरप्राइज वान टु वान वार्ता आफ्नो निवासमा गरेका थिए । सरप्राइज वार्तामा महरा उपस्थित भएनन् । महरालाई वार्तामा नराख्नका लागि मोदीले यस्तो चाल चलेको आँकलन नेपाली पक्षले गरेको छ ।

दिल्लीले परराष्ट्रमन्त्री महरालाई चिनियाँ जासुसका रुपमा हेर्ने गरेको तथ्य पनि बाहिर आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढाले लगतै तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिमेकीसँगको सम्बन्ध सुधार भन्दै विमलेन्द्र निधिलाई भारत र महरालाई दुतका रुपमा चीन पठाएका थिए ।भारतीय संस्थापन पक्षले महरालाई चीनियाँ जासुसका रुपमा हेर्ने गरेको छ भन्ने खबर एस काठमाडौँले प्रकाशन गरेको छ । उनी सहभागि हुने भएपछि भारतीय प्रधानमन्त्रीले औपचारिक बान टु वान वार्ता नै स्थगित गरे । महरालाई छलेर आफ्नै निवासमा वान टु वान वार्ता गरिसके ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय