संसदमा उफ्रीए ओली,आक्रामक बनेका ओलीको किन यस्तो बोली ?



हाम्रो इकोनोमि

आज बसेको व्यवस्थापिका संसदमा विषय समयमा बोल्दै एमाले अध्यक्ष ‌केपी ओलीले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा कोशी ब्यारेजको व्यवस्थापन र सीमानामा रहेका बाँधबारे छलफल गर्न आग्रह गरेका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सीमा क्षेत्रमा बाँधिएका बाँधका विषयमा कुरा उठाउनुपर्ने बताएका हुन् ।

‘भारतले सीमामा एकलौटी रुपमा बाँध बाँधिरहेको छ भन्ने कुरा उठिरहेको बेला सरकार मौन छ । अन्तर्राष्ट्रिय कानुन विपरित भएका कामलाई भारतसँग कुरा गर्नुपर्ने र नेपाललाई अहित हुने बाँधहरु हटाउनुपर्छ,’ ओलीले भने, ‘हटाउने वा स्थान्तरण गर्ने विषयमा काम गर्नुपर्छ ।’ उनले असमान सम्झौतालाई पुनरावलोकन गर्नुपर्ने बताए ।

ओलीले सीमामा रेल अनुपयुक्त भएको पनि बताए । नेपालमा नेपालको रेल र भारतमा भारतको रेल चल्छ । सीमा रेल भन्ने शव्दावली नै गलत हो ।

साथै ओलीले प्रतिनिधि सभाको ऐन सरकारका कारणले पास हुन नसकेको बताए । त्यस्तै ओलीले गोविन्द केसीका माग पूरा गर्न एमाले बाधक भएको आरोप लगाइएको बताए ।
संविधान संशोधनमा हिजो भएको मतदानमा एमालेका कारण असफल भएको हल्ला निरधार भएकोसमेत बताए ।
बैठकमा आक्रोशित रुपमा प्रस्तुत भएका ओलीले संशोधनलाई विवादको विषय नबनाउन हामीले दिएको सुझाव विपरित गएकाले हिजो यो नियती भोग्नु परेको बताए ।संविधान संशोधनिय विषय भएकाले चुनावपछि पनि संशोधन गर्न सकिने र सरकार पक्ष र राजपाले हतार गरेर चुनाव अघि गर्न खोजेको बताए । साथै यस विषयलाई छलफल गरेर आवश्यकताअनुसार संशोधन गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...