कांग्रेस-माओबादी भन्छन एमालेले गर्यो झेल,उसैका कारण संशोधन विधेयक भयो फेल



माओवादी केन्द्रले एमालेका कारण संविधान संशोधन विधेयक फेल भएको निस्कर्ष निकालेको छ ।
आज बसेको माओवादीको बैठकले एमालेकै कारण संशोधन विधेयक फेल भएको भन्दै राष्ट्रलाई एकतावद्ध गर्ने विधेयक फेल हुनु दुर्भाग्यपूर्ण भएको निस्कर्ष निकालेको हो । एमालेको दम्भले गर्दा मुलुक अस्थिरता तर्फ धकेलिएको उसको निष्कर्ष छ।

उता सत्तारुढ नेपाली काँग्रेसले संविधान संशोधन विधेयक फेरी संसदमा पेश गर्ने प्रतिक्रिया दिएको छ । काँग्रेस नेता प्रकाशशरण महतले विधेयक अहिले अस्वीकृत भएपनि पछि यसलाई फेरी संसदमा ल्याएर पारित गराउने प्रतिक्रिया दिएका हुन् ।
संविधान संशोधन विधेयक अस्वीकृत भएपछि संसद भवनबाट बाहिरिने क्रममा प्रतिक्रिया दिँदै उनले विधेयकमा रहेको अन्तरभावनालाई सम्बोधन गरेर आफनो पार्टी हिमाल, पहाड र तराईलाई एकतावद्ध बनाएर लैजाने पक्षमा रहेको सुनाए । नेता महतले एमाले सहितका विपक्षी दलले मुलुकमा विभाजन ल्याउने षडयन्त्र गरिरहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
न्यायालयलाई गठबन्धनको विभाग जस्तो बनाउन खोजियो : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले न्यायपालिकालाई आफ्नो विभागजस्तो

हिंसा थालेको दिन जनयुद्ध दिवस हुन सक्दैन : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई अर्को क्याबिनेटबाट जनयुद्ध दिवसको

राष्ट्रपतिबाट भएको कैद मिनाहामाथि ओलीको प्रश्न

    प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको सिफारिसमा संविधान

प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी सीईओबीच भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)