प्रधानमन्त्री भोली दिल्ली जाने,दिल्लीमा पाँच दिन देउवाले केके गर्दैछन् ?



प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको कार्यक्रम सार्वजनिक भएको छ। परराष्ट्रमन्त्रालयले प्रेस विज्ञप्ति मार्फत देउवाको पाँच दिने भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेको हो।

देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भदौं ७ देखि ११ गते सम्म भारतको औपचारिक भ्रमण जाँदै छन्। देउवाको साथमा पत्नि आरजु राणा पनि भारत जाने भएकी छिन्। भारत रहँदा देउवा राजकीय पाउनाका रुपमा राष्ट्रपति भवन बस्ने भएका छन्।

देउवाको भ्रमण टोलीमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अरु मन्त्री, सांसद, निजी सचिवलायका कर्मचारी र सरकारका अन्य उच्च पदस्थ अधिकारीहरु रहने बताइएको छ। तालिका अनुसार देउवा ८ गते राष्ट्रपति भवनमा दिइने ‘गार्ड अफ अर्नर’ मा सहभागि हुनेछन्।

त्यस पछि उनले राजघाट स्थित माहात्मा गान्धीको समाधि स्लथमा गएर श्रद्धान्जली व्यक्त गर्नेछन्। देउवाले भारतीय राष्ट्रपति रामनाथ र भारतीय उपराष्ट्रपतिलाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ।

भारतीय समकक्षी नरेन्द्र मोदीसँग उनले औपचारिक भेटघाट गर्नेछन। त्यस्तै देउवासँग भारतका केही वरिष्ठ मन्त्रीहरुले पनि भेटघाट गर्नेछन्। मोदीले देउवाको सम्मानमा लन्च दिनेछन्।

नेपाली दुतावासले देउवाको सम्मानमा आयोजना गर्ने कार्यक्रममा पनि उनी सहभागि हुने र नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। त्यस्तै देउवालले भारतका बुद्धिजिवी र व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ ।

भारत रहदा देउवाले आन्द्र प्रदेशको तेलङ्गना र बिहारको पनि भ्रमण गर्ने भएका छन्। कार्यतालिका अनुसार उनी भदौं ११ मा स्वदेश फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम