चुनाव गराउन निर्वाचन आयोग सक्षम:आयुक्त पौडेल



निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले नेपाल सरकारले असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन गराउने मिति तोकेकाले आयोग सो दिन निर्वाचन गराउन सक्षम रहेको बताउनुभएको छ ।

प्रदेश नं २ को व्यापारिक नगरी वीरगञ्जमा आज आयोजित अन्तक्रियामा बोल्दै आयुक्त पौडेलले संवैधानिक आयोगका रुपमा रहेको निर्वाचन आयोगले असोज २ गते स्थानीय तहको निर्वाचन असम्भव रहेको भनेर हामीले असन्तुष्टि व्यक्त गरे पनि सरकारमा रहेका राजनीतिक दलले तोकिएकै मितिमा निर्वाचन गर्नुपर्ने अडान लिएपछि निर्वाचन गराउन आयोग सक्रिय भएको छ भन्नुभयो ।

आयुक्त पौडेलले राजनीतिक दलका प्रतिनिधिले नै निर्वाचन आचारसंहिता बनाएको र उनीहरु नै आचारसंहिता उल्लंघन गर्छन् भने त्यस्ता दलका उम्मेदवारलाई भोट नदिन मतदाताहरुसँग आग्रह गर्नुभयो ।

उहाँले तोकिएकै समयमा स्थानीय तह, प्रदेश र संसदीय चुनाव गरिएन भने वर्तमान संविधान काम नलग्ने उल्लेख गर्दै विभिन्न भाषामा मतदाता शिक्षालाई प्रभावकारीरुपमा अघि बढाएको बताउनुभयो ।

उहाँले मत बदर नहोस् भनेर हामीले मतदाता शिक्षामा जोड दिएको बताउँदै असोज २ गते विश्वकर्मा पूजा भएकाले निर्वाचन नगर्न सरकारलाई आग्रह गर्दा राजनीतिक दलले नमानेकाले सो दिन निर्वाचन हुने बताउनुभएको छ ।

यसैगरी निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले नेपाल सरकारको निर्णयअनुसार प्रदेश नं २ मा नयाँ संरचनाअनुसार मतदाता नामावली तयार भइरहेको बताउँदै मतदाता नामावली बनाउने, मतपत्र छापिने र मतदानस्थल, केन्द्र निर्धारण गर्ने काम भइरहेको बताउनुभयो ।

कुनै पनि मतदाता कसैको डर, त्रास, लोभ लालचमा नपरेर आफ्नो मताधिकारको प्रयोग गर्न मतदातालाई आग्रह गर्दै प्रवक्ता शर्माले भयरहित वातावरणमा मतदान गर्न आग्रह गर्नुभयो ।

जिल्ला निर्वाचन कार्यालय पर्साका निर्वाचन अधिकारी हुमनाथ पराजुलीको सभापतित्वमा भएको सो अन्तरक्रियामा पुर्षोत्तमलाल झा, अनिल तिवारी, शंकर चौरसिया, रामबाबु यादव, अच्छेलाल साह, प्रेमबाबु पटेल, ध्रुव अधिकारी, प्रेमशंकर सिंहलगायतका राजनीतिक दलका नेता तथा सञ्चारकर्मीले राहतको नाम बाढीपीडितलाई प्रभाव पार्ने गरी राहत वितरण गरेकाले आचारसंहिताको उल्लंघन भएको, बाढीका कारण बाटोघाटोको अवस्था दयनीय रहेकाले मतदान स्थलसम्म जान मतदातालाई समस्या पर्ने, मतदाता शिक्षामा जोड दिनुपर्नेजस्ता सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
अध्यादेशको विपक्षमा मतदान गर्छौँ : नेकपा एस

    नेकपा एकीकृत समावजवादीले सरकारले ल्याएको अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको

नेकपा एसको अनेरास्ववियू फुट्यो, समानान्तर कमिटी घोषणा

    नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन (अनेरास्ववियू) को असन्तुष्ट पक्षले यही

तीनै तहको सरकार मिलेर देश बनाउनुपर्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई

लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन

    प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभालाई सम्बोधन गरेका छन् । उनलाई