ममताको अराजकता रोकिएन,गोर्खाल्याण्ड आन्दोलन हिंसात्मक बनाउन को भयो सक्रिय



हाम्रो इकोनोमि

बंगाली भाषालाई स्कुलमा अनिवार्य गर्ने पश्चिमबंगाल सरकारको निर्णय विरुद्ध उत्रिएका दार्जीलिका नेपाली भाषीले छुट्टै गोर्खाल्याण्डको माग गर्दै आन्दोलन गरेको दुई महिना भन्दा बढी भइसक्दा पनि यसको कुनै टुंगो लाग्ने छाँट देखिएको छैन्।
दुई महिना भन्दा लामो हड्तालबाट पहाडको जनजीवन निकै कस्टकर बन्दा पनि राज्यसरकारले त वास्ता गरेको छैन नै, केन्द्र सरकारले समेत कुनै चासो नखाए पछि आन्दोलनमा अनेक चलखेल हुन थालेका छन्।

दार्जीलिङ पहाडमा लिड आक्रमण, बम विस्फोट जस्ता हिंसात्मक गतिविधि हुन थालेका छन्। यस्ता हिंसात्मक गतिविधिमा किन र कसको हात छ ? भन्ने कुरा अझै खुल्न सकेको छैन्।
गत शुक्रवार दार्जीलिङको व्यस्त सुपर मार्केटमा लिड आक्रमण भयो। संयोगवस लिड आक्रमणबाट कोही पनि हाइते भएनन्। तर, त्यहाँका करिब २० पसलमा भने क्षति पुग्यो।
लिड आक्रमण भएको ३६ घण्टा नबित्दै आइतवार कालिङ्पोङमा बम बिस्फोट भयो। बिष्फोटमा एक जनाको ज्यान समेत गयो। यी घटनाले गोर्खाल्याण्ड आन्दोलन अब हिंसात्मक बाटोतिर मोडिएको हो कि भन्ने आशंका हुन थालेको छ।
पश्चिम बंगाल सरकारको प्रहरी भने यी सबै घटनामा गोर्खाल्याण्ड आन्दोलनको नेतृत्व गरेको गोरखा जनमुक्ति मोर्चा(गोजमो)को हात भएको देख्छ। मोर्चाका अध्यक्ष विमल गुरुङ माथि प्रहरीले गैरकानुनि गतिविधि गरेको भन्दै मुद्धा समेत दर्ता गरेको छ।
मोर्चाले भने यी दुवै घटनाको निष्पक्ष छानविन गरि दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको छ। ‘यी घटनाबाट प्रत्येक गोरखा हामी कता गइरहेका छौं भन्ने कुरामा चिन्तित र अचम्मित छौं’, गुरुङ्गले भने।

गुरुङले केन्द्रीय गृहमन्त्री राजनाथ सिंहलाई घटनाको छानबिन गर्न उच्च स्तरीय समिति बनाउन चिठी समेत लेखेका छन्। ‘बिस्फोटको घटना राष्ट्रिय सुरक्षासँग जोडिएको बिषय हो। हामी तत्कालै राष्ट्रिय अनुसन्धान एजेन्सी समेत सामेल हुने गरि उच्च अदालतका न्याधिशले सबै अनुसन्धानको निरिक्षण गर्ने गरि उच्चस्तरीय सुरक्षा समिति बनाउन बिनम्र आग्रह गर्दैछौं’, गुरुङले लेखेको चिठीमा भनिएको छ।

पछिल्लो समय घटेका यी घटना कतै गोर्खाल्याण्ड नबनोस भन्ने चाहाना राख्नेले त गराएको होइन ? भन्ने आशंका मोर्चाका नेताहरुले गर्न थालेका छन्। ‘प्रहरी स्टेशनमा ग्रिनेड आक्रमण गर्ने घटनाको हामी निन्दा गर्छौं। यो गोर्खाल्याड नबनोस भन्न चाहानेको योजनावद्ध काम हो’, मोर्चाका एक नेताले भने।

प्रतिक्रिया दिनुहोस
इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन

    अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ ।...