एमाले र उपेन्द्र यादब मिल्ने भए पछी राजपाले गर्ने निर्णयले मधेशमा हङ्गामा



हाम्रो इकोनोमि

एमाले र फोरमको गठबन्धनलाई पराजित गर्न राष्ट्रीय जनता पार्टी नेपालले पनि कांग्रेस माओवादी गठबंधनलाई नै समर्थन गर्ने भएको छ । यो भए संगै दुई नम्बर प्रदेशमा हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचन र मंसिरमा प्रस्तावित प्रदेश र केन्द्रीय संसदको निर्वाचनमा हुने सम्भावित चुनावी तालमेलको स्पष्ट संकेत देखा परेको छ ।दुई चरणको चुनावमा नराम्रो हार बेहोरेका संघीय समाजवादी फोरम नेपालले नेकपा एमालेसंग चुनावी तालमेलको कुरा अगाडि बढाएको छ भने एमालेलाई रोक्न कांग्रेस र माओवादी गठबंधनले हरेक तहको निर्वाचनमा तालमेल गरेरै अघि बढ़ने निष्कर्षमा पुगेको छ ।

दलहरु बीच यस प्रकारको गठबंधनको संकेत हाल भई रहेको नेपाल पत्रकार महासंघको महाधिवेशनमा पनि स्पष्ट रूपले देखा परेको छ ।
एमाले निकट प्रेस चौतारीको उम्मेद्वारहरु लाई संघीय समाजवादी फोरम निकट संघीय प्रेस फोरमले लिखित रूपमै समर्थन गरेको छ ।
यसको पहल एमालेको तर्फ बाट महासचिव इश्वर पोखरेल र सचिव योगेश भट्टराईले गरेका थिए भने फोरम नेपालको तर्फबाट सह अध्यक्ष राजेन्द्र श्रेष्ठले गरेका थिए ।

बागबाजार स्थित हार्दिक होटलमा गत बुधवार बसेको एमाले र फोरम नेपालबीचको संयुक्त बैठकले फोरम नेपालको संस्था संघीय प्रेस फोरमले सघाउने निर्णय गरेको थियो । चौतारीले एक समावेशी सचिव र दुई केन्द्रीय सदस्य फोरमलाई दिए पछि यो गठबन्धन बनेको हो । साथै यसमा बिजय कुमार गच्छेदार निकट मानिने मधेशी पत्रकार समाजले पनि समर्थन गरेको छ ।

उता कांग्रेस निकट प्रेस यूनियन र माओवादी निकट प्रेस सेन्टरले गठबन्धन बनाएर महाधिवेशनमा भिड्दै छन । यो गठबन्धनलाई राजपा निकट प्रेस मंचले समर्थन गरेको छ । प्रेस मंचले यस पटक सर्लाही, सिरहा र रौतहटमा आफ्नो उपस्थिति दर्ज गरेको छ । संघीय प्रेस फोरमले एमाले समर्थित संगठनलाई साथ दिए पछि राजपाले कांग्रेस माओवादी गठबंधनलाई सघाउने निर्णय गरेको छ । साना देखि ठुला सबै चुनाबमा रणनिती बनाएर गठबंधन बनाउने उनीहरुको तर्क छ।

प्रतिक्रिया दिनुहोस
८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...

विश्वप्रकाश र कृष्ण सिटौलाबीच वार्ता

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच...

रास्वपाकी सांसद भट्टराईलाई कारबाही हुनसक्ने

    रास्वपाकी समानुपातिक सांसद सृष्टी भट्टराई आफैँले अपलोड गरेको एउटो भिडिओका कारण...