देउवाका कारण कांग्रेस सकिने भन्दै ओलीले भने पत्रकारको चुनाबमा पार्टीको पोलिटब्यूरो सदस्यलाई उठाए



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार महासंघमा कांग्रेस माओबादी मिलेर पोलिटब्यूरो सदस्यलाई पत्रकार महासंघको उम्मेद्धार बनाएको आरोप लगाएका छन्। पत्रकार महासंघ स्वतन्त्र संस्था भएकोले बालुवाटारबाट भएको राजनीतिक हस्तक्षेपबिरुद्ध उत्रिन पत्रकारहरुलाई आग्रह पनि गरेका छन् । ‘सत्ता स्वार्थको आदेशमा एउटा स्वतन्त्र संस्थामाथी बालुवाटारको हस्तक्षेप भएछ, तपाईहरु त्यसका बिरुद्ध उत्रिनुहोस’ प्रेस चौतारीले आयोजना गरेको राष्ट्रिय भेलामा ओलीले उक्त गठबन्धन बिरुद्द छेड समेत हाने ।

‘कांग्रेस र माओवादीभित्र पत्रकारको खडेरी परेछ, पार्टीको पोलिटब्यूरो सदस्यलाई पत्रकार महासंघको उम्मेद्धार बनाएछन्’ ओलीले भने ‘हेर्दा हेदै कांग्रेस कहाँ पुग्यो, कठै वरा !’ यस्तै चालामालाले कांग्रेस सकिने उनको भनाइ थियो।

पत्रकार महासंघमा युनियन र प्रेस सेन्टरबाट गोविन्द आचार्य उम्मेद्धार छन् । उनी माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य भएको माओबादीकै नेता हरुले बताएका छन् । प्रेस चौतारीले अध्यक्षमा तिर्थ कोइरालालाई अघि सारेको छ ।

ओलीले पत्रकार महासंघ पत्रकारहरुको संगठन भएकोले पार्टीको हस्तक्षेपबाट बचाउन आग्रह गरे । ‘हाम्रो पार्टीमा पनि पोलिटब्यूरो सदस्य छन्, के हामी पार्टीका सचिव योगेश भट्टराईलाई चुनाव लडाऔ ?’ उनले भने ‘हामी स्वतन्त्र संस्थामा हस्तक्षेप गर्दैनौ, गर्न दिनपनि हुँदैन ।’

माओवादीभन्दा कांग्रेसप्रति आक्रमक देखिएका ओलीले देउवाका कारण कांग्रेस समाप्तिको बाटोमा पुग्न थालेको बताउदै कुर्सिका लागी देउवा जे गर्न पनि तयार रहेको र पत्रकारलाई पंगु बनाएको ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु