राष्ट्रपति विद्यादेवी भण्डारीको निम्तो पछी प्रमुख तीन दलका शीर्ष नेताहरु शितलनिवास पुगेका छन् ।
प्रधानमन्त्री शेरबहाहदुर देउवाको भारत भ्रमण, निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफलका लागि तीन दलका शीर्ष नेताहरु शितलनिवास पुगेका हुन् ।
शितलनिवासमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुगेका छन् ।
त्यस्तै प्रमुख तीन दलका शीर्ष नेताहरु रामचन्द्र पौडेल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा भदौ ७ गते भारत भ्रमणमा जादैँ छन् ।