कमल थापालाई अपहरणको मुद्धा,सर्बोच्चमा पुगेर राणाले थापा बिरुद्द के-के गरे



कमल थापालाइ देखाई दिन राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक गठन गरेका पशुपति शम्शेर राणाले कमल थापाविरुद्ध सर्वोच्चमा आज मुद्दा दायर गरेका छन् । राणाले आफ्नो पार्टीका केन्द्रीय सदस्यहरुलाई कमल थापाले अपहरण गरेर बन्धक बनाएको भन्दै सर्वोच्च अदालतमा केहि बेर अगाडी मुद्दा दर्ता गरेका हुन् ।

मुद्दा दर्ता गर्न राणा नेताहरु दीपक बोहोरा, विक्रम पाण्डे, धु्वबहादुर प्रधान लगायतलाइ लिएर सर्बोच्च पुगेका थिए । रिटमा राप्रपा प्रजातान्त्रिकले निर्वाचन आयोगबाट मान्यता पाउन लागेको अवस्थामा राप्रपाका कमल थापाले आफ्ना नेता कार्यकर्तालाई अपहरण गरेको, धाकधम्की देखाएको तथा बन्धक बनाएकाले शान्ति सुरक्षाको माग समेत गरिएको छ । त्यस्तै रिटमा थापाले अपहरण गरेर हेटौडामा राखेका आफ्ना पार्टीका केन्द्रीय सदस्यहरुको रिहाइको माग समेत गरिएको छ ।

‘कुनैपनि व्यक्तिको राजनीति गर्ने अधिकारको हनन भएको छ’ राणाले दायर गरेको रिटको भनिएको आइतबार पेशी तोकिएको छ । त्यस्तै राप्रापा प्रजातान्त्रिकले यसअघि दल दर्ताका क्रमममा निर्वाचन आयोगमा दस्तखत गरिसकेका केन्द्रीय सदस्यहरुले पुनः दस्तखत गर्नुपर्ने भन्ने आयोगको निर्णय खारेज गर्न माग गरिएको नेता दिपक बोहोराले टेलिफोनमा बताए ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम