४ पूर्वमन्त्री सहित १६ सांसदलाइ अख्तियारको कर्के नजर,देउवालाई भाईटिका लगाईदिने बहालवाला मन्त्री परिन अख्तियारको फन्दामा



हाम्रो इकोनोमि

सार्बजनिक पद धारण गरेका ब्यक्तीले आर्थिक बर्ष सुरु भएको ६० दिन भित्र सम्पती विवरण बुझाउनु पर्ने कानुनी व्यवस्था छ। उक्त म्याद भित्र नबुझाए कानुनी कारबाही हुन्छ। पांच हजार जरिवाना तिरेर बुझाउन पाउने सुबिधा पनि छ तर यी सबै सुबिधालाइ अटेर गरेर १६ जना साम्सद र हजारको हाराहारीका कर्मचारीले सम्पती विवरण बुझाएका छैनन्। सम्पती विवरण नबुझाए पछी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही प्रक्रिया अघि बढाएको छ । जसमा बहालवाला एक मन्त्री समेत सामेल छिन। सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतसहितलाई अख्तियारले जरिवाना बुझाउन पत्राचार गरेको छ । भ्रष्टाचार निवारण ऐनअनुसार हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र सम्पती विवरण बुझाउनुपर्ने प्रावधान छ । तर, ६० दिन नाघेपछि पनि मन्त्री बस्नेत लगायतले सम्पती विवरण नबुझाएका हुन् । अब ५ हजार जरिवाना सहित सम्पती विवरण सात दिन भित्रमा बुझाउनु पर्छ। त्यो पनि नगरे पद नै धरापमा पर्ने कानुनी व्यवस्था छ। मन्त्री बस्नेत प्रधानमन्त्री देउवा लाइ तिहारको भाइ टिका लगाई दिने चेली पनि हुन्।

 

सम्पती विवरण नबुझाउने सांसदहरुमा काग्रेसका नरहरी आचार्य, संजय कुमार, अम्बिका बस्नेत, बल बहादुर केसी, राप्रपाका रेसम लामा, राजपाका विमल केडिया, कांग्रेसकै शारदा पौडेल, शीला शर्मा, सुनील कुमार यादब, एमालेका लालबाबु सिंह, माओबादीका ल्हारक्याल लामा, एमालेका रामचन्द्र चौधरी, कांग्रेसका देवकरण कलवार, जीवन परियार, कुमारी राई, उमेश श्रैष्ठ र राजपाका निलम्बित संजय साहले सम्पती विवरण बुझाएका छैनन् । आचार्य,केसी,लामा पूर्व मन्त्री समेत हुन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...