संशोधन गर्न एमालेलाई मनायौ : मन्त्री बलायर



हेटौडा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले नेपाली काँग्रेसको नेतृत्वमा रहेको वर्तमान सरकारले तत्काल मधेशको मुद्दालाई निकास दिन संविधान संशोधन गर्नेतर्फ प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लाई सहमत गराएको बताउनुभएको छ ।

उहाँले नेपाली काँग्रेस, मकवानपुरद्वारा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई आज बिहान सम्बोधन गर्नुहुँदै आगामी मंसिर महिनाभित्रै प्रदेश र केन्द्रीय संसद्को निर्वाचन गराउनेतर्फ सरकार कटिबद्ध भई अघि बढेको उल्लेख गर्नुहुँदै नेपाली काँग्रेसका कार्यकर्ताले कुनै गुटउपगुटमा नलागी जनताको घरदैलोमा पुग्नुपर्दछ भन्नुभयो ।

मन्त्री बलायरले राष्ट्रलाई संकट पर्दा प्रमुख प्रतिपक्षले पनि आफ्नो दलगत स्वार्थलाई त्यागेर राष्ट्रवादी भावना व्यवहारमा पनि देखिनुपर्ने स्पष्ट पार्नुभयो ।

सो कार्यक्रममा नेपाली काँग्रेस, मकवानपुरका कार्यवाहक अध्यक्ष विष्णुप्रसाद लामिछाने र कोषाध्यक्ष गोपीलाल विश्वकर्माले जिल्लामा भइरहेका विकास निर्माणको गतिविधि र पार्टी संगठनलाई चुस्त बनाउन जिल्ला समितिले गरेको निर्णयलाई जनताको घरदैलोमा पु¥याउन कार्यकर्ता एकजुट हुुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ईःलाई भेट्न पुगिन् उपमेयर डंगोल

  काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका

देशको समस्या समाधान गर्ने अभिभारा एमालेको काँधमा छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको देशको समस्या समाधानको अभिभारा नेकपा

गिरिबन्धुको छानबिन गर्न प्रधानमन्त्री प्रचण्डलाई ओलीको चुनौती

      नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन प्रकरणमा छानबिन