मन्त्री नहुँदा सम्म बिहे नगर्ने बाचा गरेका सांसदले साली भेनाको बोली किन बन्द गराए?



नेपाली कांग्रेसका अबिबाहित सांसद रामहरि खतिवडाले मंगलबार र बुधबार एमालेका सांसदको बोली बन्द गराइदिए। उनले अघिल्लो दिन भेनाको र आज सालीको बोली बन्द गराई दिएका हुन्।

देशका विभिन्न भागमा गएको बाढी पहिरोको विषयमा सरकारको ध्यानाकर्षण गराउन एमालेको तर्फबाट पार्टी उपाध्यक्ष समेत रहेका भीमबहादुर रावलले मंगलबार संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरे। त्यो प्रस्ताबमा रावलले देउवा सरकारले सिन्को भाच्न नसकेको भन्दै तिब्र आलोचना गरेका थिए। रावलको प्रस्तावमाथिको छलफलमा भाग लिँदै कांग्रेस सांसद खतिवडाले रावललाई प्रश्न गर्दै भने, ‘तपाई उपप्रधान तथा गृह र रक्षामन्त्री बन्दा कतिपटक भारतसँग कोशी व्यारेजको साँचो माग्न जानु भएको थियो? तपाईहरुकै पालामा पनि भारतले सिमा क्षेत्रमा बाँध बाध्दा कहिलो विरोध गर्नु भयो यसबारेमा सदनमा किन जानकारी गराउनु भएन?’ सिंगो तराई जलमग्न भएर बाटाघाटा समेत अबरुद्द भएको समयमा सरकारका प्रधानमन्त्री हेलिकप्टरमा नगएर ठेलागाढामा जाने हो भन्ने जस्ता प्रश्नको ओइरो लगाइदिए। उनले यसरी प्रश्नमाथि प्रश्न गरिरहदा सदनमा रहेका सदस्यहरुले हाँदै रावलको मलिन अनुहारतर्फ हेर्दै हाँसेका थिए।

तिनै खतिवडाले आज पनि एमाले सांसद तथा नाताले रावलकै साली ममता गिरीलाई सदनमा बोलेको कुुरा मेटाउन बाध्य बनाइदिए।
आजको बैठकमा बोल्ने क्रममा एमाले सांसद गिरीले आफ्नो पार्टीका तर्फबाट प्रस्तुत गरेका सार्वजनिक महत्वको प्रस्तावको बचाउ गर्दै बाँदर प्रवृत्तिका मानिसले मात्रै यो प्रस्तावलाई अस्वीकार गर्न सक्दछन् भन्ने आशयका अभिव्यक्ति दिँदै भनिन्, ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन र अरुको पनि भत्काइदिन्छ।’

गिरीको उक्त अभिव्यक्तिप्रति गम्भिर आपत्ति जनाउँदै सांसद खतिवडाले ‘बाँदर भन्ने शब्द संसदीय मर्यादा विपरीत भएकाले त्यसप्रति मेरो आपत्ति छ, त्यसलाई रेकर्डबाट हटाउन सभामुख समक्ष माग गर्दछु।’लगत्तै सभामुखले हटाऊन रुलिङ्ग गर्नु पर्यो। मंत्री बने पछी मात्र बिहे गर्ने ध्याउन्नमा रहेका खतिवडालाई देउवाले अझै मंत्री बनाएका छैनन्।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय