एमाले अध्यक्ष केपी ओलीसँग चिनियाँ उपप्रधानमन्त्री वाङ याङले मंगलबार सोल्टी होटलमा वान टु वान आधा घण्टा सम्म भेटवार्ता गरेको तथ्य खुलेको छ।
सुरुमा प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्रको टोलीसँग लगभग ४५ मिनेट भेटवार्ता गरेका चिनियाँ उपप्रम वाङले लगत्तै त्यही बैठक कक्षमा ओलीले नेतृत्व गरेको एमाले टोलीसँग कबिर १ घण्टा भेटेका थिए। त्यस पछी ओली संग वाङकै चाहनामा ‘वन टु वन’ भएको बताएका छन्।
एमाले सचिव प्रदीप ज्ञावलीले ओली र वाङबीच एक्ला–एक्लै भेटवार्ताको पुष्टि गर्दै भने, ‘अध्यक्षले २५ मिनेट जति एक्लै वाङसँग भेटवार्ता गर्नुभयो, तर कुराकानी के भयो भन्ने बुझ्न भने पाएको छैन।’ओलीलाइ अरु नेता भन्दा बढी भाउ दिएको चर्चा हुन थालेको छ।
चीनविरुद्ध ‘खम्पा विद्रोह’ भएको मुस्ताङ जिल्लामा पर्ने कोरला नाका चीनबाट भारतसम्म सिल्कको व्यापार हुने ऐतिहासिक रुट भएकाले पनि संचालनमा ल्याउन चिनियाँ पक्ष सकारात्मक देखिएका छन।ओली केहि हप्ता अगाडी मात्र चीन भ्रमण बाट स्वदेश फर्किएका थिए।