भारतीय राजदूत बिरुद्द बिराटनगरबाट खनिए कोइराला,के-के भने राजदूत पुरीलाई



नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालका लागि भारतीय राजदुत मञ्जित सिंह पुरीले नेपाल–भारतबिचको सम्बन्ध भगवानले बनाएको भन्ने भनाईको खण्डन गरे । सबै देशको सम्बन्ध भगवानले नै बनाउने तर्क गर्दै कोइरालाले भने, “हामी छिमेकी हौँ, अति निकट छिमेकी मात्र होइन, नेपाल भारतबिचको सम्बन्ध फरक किसिमको छ । तर भगवानले बनाएको भनेर कसरी भन्ने?”
भारत र चिनबिचमा विवाद भइरहेको दोक्लाम नेपालसँग सम्बन्धित विषयवस्तु नभएको कोइरालाको जिकिर छ । “धेरै जान्ने भएर यो विषयमा नेपालले आफ्नो विचार प्रकट गर्नु हुँदैन । शान्त कुटनीतिको हिसाबले चुप लागेर बस्नुपर्छ ।” उनले भने ।
दोक्लाम विवादको समाधान भारत र चिनले नै खोज्न सक्ने कोइरालाको धारणा छ ।

चिन र भारतको बिचमा विवाद हुँदा नेपालले मध्यस्थता गर्नका लागि क्षमता छ कि छैन भन्ने कुरा ख्याल गर्नुपर्नेमा कोइरालाले सचेत गराएका छन् । परराष्ट्रमन्त्री कृष्णबहादुर महराले विवाद मिलाउनका लागि नेपालले मध्यस्थता गर्न सक्ने भनेको कुरालाई खण्डन गर्दै कोइरालाले भने, “मध्यस्थता गर्नलाई
हाम्रो क्यापासिटी हुनुप¥यो । नेताहरुको सोच हुनुप¥यो । हामी साना कुरामा त भारत र चिनको सहयोग लिन्छौँ । हामीसँग कसले मध्यस्थता माग्छ ?

कोइरालाले कोशी बाँधका कारण विराटनगर क्षेत्रमा कुनै असर नपरेको बताएका छन् । कोइरालाले विराटनगरमा रहेको बुढी खोला र सिंघाइ खोलाको बाढीका कारण त्यस क्षेत्र प्रभावित भएको बताए । पूर्व र पश्चिमतिरबाट ति खोलाले अप्ठ्यारो पारेको कोइरालाले बताएका हुन् । उनले भने, “कोशी बाँधको कारणले होइन । मानिसहरुले नबुझेर भन्या हो या मैले नबुझेको हो । कोशी बाँधले भएको भए त अहिले विराटनगरको अवस्था बहुतै नाजुक हुन्थ्यो ।”
विराटनगरको विमानस्थललाई तिनै खोलाको कटानले डुबाएको जानकारी कोइरालाले दिए । “पूर्व र पश्चिम दुवैतिरबाट खोला आएकाले विराटनगर जलमग्न भएको हो ।” उनले भने ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम