नेपाल-भारत सम्बन्ध ईश्वरले बनाएको भन्दै राजदुतले कोशीको बाँधका बिषयमा के बोले



नेपालका लागि भारतीय राजदूत मन्जिब सिंह पुरीले नेपाल-भारत सम्बन्ध ईश्वरले बनाएको बताएका छन्।
भारतको ७०औं स्वतन्त्रता दिवसको पूर्वसन्धामा रिपोर्टर्स क्लब नेपालमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पुरीले नेपाल-भारत सम्बन्ध सदियौदेखि चलिआएको र यसलाई ईश्वरले नै बनाएकोले कुनै शंका उपशंका नगर्न आग्रह गरेका छन्।

कार्यक्रममा पुरीले भारतले नेपालको हरेक विकास निर्माणमा सहयोगी भूमिका निभाउने बताएका छन्। उनले भारतको चाहाना नेपालमा विकास र समृद्धि भएकाले यसका लागि हामी जस्तो सुकै सहयोग गर्न तयार रहेको स्पष्ट पारे।

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणको तयारी तिब्र गतिमा भएको भन्दै पुरीले प्रधानमन्त्रीको भ्रमणमा जलविद्युत, रेल्वे, सडक र सम्पर्क सञ्जालजस्ता विषयमा छलफल हुने बताए।

‘प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका बेला विशेष गरी जलविद्युत, रेल्वे लाइन, सडक र सम्पर्क सञ्जालका विषयमा छलफल र परामर्स हुन्छ,’ उनले भने,‘भारतको सहयोगमा वा अन्य कुनै पनि जारी निर्माणाधिन परियोजना र कार्यान्यनवमा भ्रमणमा जोड दिनेछ।’ प्रधानमन्त्री देउवाको यो भ्रमण फलदायी र सफल हुन्छ भन्ने हाम्रो कामना र चाहना छ हामी सोही अनुसार तयारीमा लागेका छौ। म्रमणमा दुई पक्षीय हितका विषयमा कुरा हुन्छ।

नेपालले चाहेको सहयोग गर्न भारत सधै तयार रहेको भन्दै पुरीले भने, ‘नेपालले के चाहन्छ त्यसको लागि भारत सधै सहयोग गर्न तयार छ।’
नेपालमा सञ्चालन र निर्माणाधिन नेपालका आफ्नै परियोजनामा हामी क्षमताले भ्याएसम्म साथ दिन तयार रहेको पुरीले भने।

नेपालसँग भारतका ५ वटा प्रान्तमा १८ सय किलोमिटर क्षेत्रफल जोडिएको छ। यो हाम्रो सम्बन्ध ईश्वरले नै बनाएका हुन्। सबका साथ हाम्रो सवका विकास अभियान हाम्रा छिमेकीसँग सधै लागू हुन्छ। नेपाल एउटा घनिष्ट मुलुक भएकाले नेपालसँग हाम्रो सधै साथ रहनेछ, मोदीको नीति भनेकै छिमेकी प्रथम भन्ने हो त्यसैले यसबाट नेपालमा धेरै विकासमा सम्भावना छ’ पुरीले अगाडि भने, ‘हामी एक आपसमा साझेदारी गरेर अगाडि बढौं।’

भारतले ७० वर्षको इतिहासमा तिब्र आर्थिक विकास गरेको उदाहरण दिँदै उनले आफ्नो छिमेकी मुलुक त्यो पनि पहिलो र अति घनिष्ट छिमेकीको हिसाबले नेपालप्रति हाम्रो सदासयदा रहनेछ।

भारतले गरेको विकासको गति संसारका लागि उदाहरणीय भएकोले ऐक्वबद्ध भएर विकास निर्माणमा अगाडि बढ्नुपर्छ।
विगत केही दिनदेखि मुलुकको तराई क्षेत्रमा आएको बाढीका विषयमा उनले समस्या समाधानका लागि ‍ दुई देश बसेर छलफल गरेर टुंग्याउनुपर्ने बताए।
६ महिनाको विचमा नेपाल र भारतबीचमा भएको उच्च स्तरीय भ्रमण संसारको कुनै पनि मुलुकमा नभएको भन्दै उनले यो सम्बन्ध प्रगाढ र सौहार्दपूर्ण भएको बताए।

‘संसारको कुनै पनि मुलुकमा हाम्रो जस्तो सम्बन्ध छैन। ६ महिनाको अवधिमा हाम्रो ५ वटा उच्चस्तरीय भ्रमणहरू भए। भारतीय राष्ट्रपति नेपाल आउनु भयो, नेपालका राष्ट्रपति भारत जानुभयो, नेपालको प्रधानमन्त्री प्रचण्ड दुई पटक भारत जानुभयो, भारतीय विदेशमन्त्री सुस्मा स्वराज नेपाल आउनु भयो र फेरि नेपालका प्रधानमन्त्री भारत जाँदै हुनुहुन्छ। यस्तो भिजिट अरू मुलुकसँग हुन्न। नेपालमा हाम्रो त्यत्रो प्राथमिककता छ,’ पुरीले भने।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे कुनै पनि टुंगो नभएको भन्दै उनले नेपाल सरकारको औपचारिक निमन्त्रणपछि मात्र मिति तय हुने हुने बताए।
‘मोदीको‍ नेपाल भ्रमणबारे कुनै पनि टुंगो भएको छैन। नेपाल सरकारको औपचारिक आग्रह र निमन्त्रणा आएपछि छलफल गरेर अगाडिको मिति तय हुन्छ,’ उनले भने,‘तर प्रधानमन्त्री मोदी कुनै एउटा महत्वपूर्ण परियोजनाको शिलान्यासमा आउने कुरा भएको छ।’

 

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय