सरकारले प्रभाबकारी काम गर्न सकेन,गृहमन्त्रीको निर्णयले बाढीपिडित यसरी भोक भोकै मर्ने भए



आइएनजीओहरुलाई मनपरी रुपमा बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत वितरण गर्न सरकारले रोक लगाएको छ । आज बसेको केन्द्रीय दैवी प्रकोप उद्दार समितिको बैठकपछि गृहमन्त्री जनार्दन शर्माले एनजीओलाई फिल्डमा गएर सामान बाँड्न रोक लगाइएको जानकारी दिए ।

गृहमन्त्री शर्माले त्यसका लागि समाजकल्याण परिषद् र अर्थ सचिवलाई निर्देशन आवश्यक निर्देशन पनि दिएका छन् । सरकारको निर्णयसँगै अब एनजीओहरुले सरकारसँगको समन्वयमा मात्रै राहत वितरण गर्नुपर्नेछ । भूकम्पको बेला एनजीओहरुले गरेको मनगरीलाई दृष्टिगत गर्दै बाढी पहिरोले निम्त्याएको विपद्का समयमा सजकता अपनाइएको गृहमन्त्रीको भनाई छ ।यस्तै बैठकले बाढी पहिराले क्षति पुर्याएका ठाउँमा नीजि र सरकारी सम्पत्तिको लगत १० दिनभित्र संकलन गर्ने निर्णय पनि गरेको गृहमन्त्री शर्माले जानकारी दिए ।

एनजीओले जिन्सी राहत वितरण गर्न चाहे अब विपद् व्यवस्थापन महाशाखासँग समन्वय गर्ने गर्नुर्नेछ भने सरकारले प्राथमिकताको आधारमा वितरण गर्नेछ । यस्तै नगद सहयोग गर्न चाहनेले प्रधानमन्त्री दैवी प्रकोप उद्दार राहत कोषमा रकम जम्मा गर्न सक्नेछन् । सरकारले आफु पनि प्रभावकारी काम नगर्ने,अरुलाई पनि रोक्ने, पिडितहरु भोक भोकै मर्ने? भन्दै उक्त निर्णयको तिब्र आलोचना हुन थालेको छ।

 

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको